Monday, April 20, 2026
spot_img
Homeगृहपृष्ठकतिबेला सरकार ढल्छ भनेर कुरेर बस्नु प्रतिपक्षी दलको धर्म : प्रवक्ता महत

कतिबेला सरकार ढल्छ भनेर कुरेर बस्नु प्रतिपक्षी दलको धर्म : प्रवक्ता महत


काठमाडौँ : नेपाली कांग्रेसले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको बताएको छ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी र सरकारमा रहेका पार्टीका मन्त्रीहरू सहभागी बैठकले सरकारमा रहेका दलहरूबीच थप सहकार्य गर्दै जाने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गदै पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले नयाँ वर्षमा नयाँ सरकार बन्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको भनाइमा कुनै टिप्पणी नभएको बताए। उनले भने, प्रतिपक्षी दलको अपेक्षा भनेको नै सरकारको विपक्षमा बोल्ने हो। सरकार ढलिहालोस् र आफू सरकारमा सहभागी हुन पाउँ भन्ने त उसको धर्म नै हो।

नेपाली कांग्रेसले सरकारको काम गर्ने गति ढिलो भएको र यसलाई थप सशक्त बनाउँदै लैजाने निष्कर्ष निकालेको छ। यसका लागि गठबन्धनमा रहेका अन्य दलहरूसँग पनि सहकार्य गर्ने र त्यसका लागि नेतृत्व तहले निरन्तर कुराकानी गर्ने निचोड निकालेको प्रवक्ता महतले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments