Home गृहपृष्ठ चितवन, जहाँ हामी सबैभन्दा ठुलो दल हौँ, त्यहीँको विकासमा हामी हराउँदै छौँ : मुकुल ढकाल

चितवन, जहाँ हामी सबैभन्दा ठुलो दल हौँ, त्यहीँको विकासमा हामी हराउँदै छौँ : मुकुल ढकाल

0
चितवन, जहाँ हामी सबैभन्दा ठुलो दल हौँ, त्यहीँको विकासमा हामी हराउँदै छौँ : मुकुल ढकाल


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का पूर्व महामन्त्री डा. मुकुल ढकालले राजनीतिक प्रतिशोधको रटानमा घण्टी हराउँदै गएको टिप्पणी गरेका छन्।

शनिवार फेसबुकमा एक अभिव्यक्ति राख्दै मुकुलले चितवनको सबैभन्दा ठुलो दल रहेको रास्वपा त्यहाँको विकासमै हराइरहेको टिप्पणी गरेका हुन्। ‘चितवनमा ६ लेन रोड बन्यो र उद्घाटन भयो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्दै छ,’ मुकुलले लेखेका छन्, ‘राजनीतिक प्रतिशोधको एकोहोरो रटानमा अल्मलँदा विकास र सुशासनको मुद्दामा घण्टी हराउँदै छ ।’

यस्तै उनले अगाडि लेखेका छन्,‘चितवन, जहाँ हामी सबैभन्दा ठुलो दल हौँ, त्यहीँको विकासमा हामी हराउँदै छौँ।’  राम्रो काम कांग्रेस, एमाले, माओवादी जसले गरे पनि रास्वपाले कम्तीमा स्वागतम  भन्न सक्नुपर्ने मुकुलले लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email