Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठबानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, प्रहरीले फाल्यो पानीको फोहोरा RD Creation

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप, प्रहरीले फाल्यो पानीको फोहोरा RD Creation


काठमाडौं : नयाँ बानेश्वर क्षेत्र यतिखेर तनावग्रस्त बनेको छ। बिगत २६ दिनदेखि आन्दोलनरत शिक्षकले नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ।

नयाँ बानेश्वरमा प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए।

“प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि पानीको फोहोरा प्रहार भएको छ, अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ, कुनै अप्रिय घटना घटेको छैन’ उनले सञ्चारकर्मीसँग भने।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित बिगत २६ दिनयता शिक्षक महासंघ काठमाडौंकेन्द्रित सडक आन्दोलनमा रहेको छ। सरकारसँग बार्ता सफल नभए पछि उनीहरू बिहानै ११ः०० बजे देखी नयाँ बानेश्वर-माइतीघर सडक अबरूद्द गरेर बसिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments