Homeगृहपृष्ठरवि लामिछानेविरूद्ध ५ करोड बिगो माग RD Creation

रवि लामिछानेविरूद्ध ५ करोड बिगो माग RD Creation


काठमाडौं : पर्साको सानोपाइला बचत सहकारीको रकम अपचलनबारे अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालय पर्सालाई शुक्रबार प्रतिवेदन बुझाएको एसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले सानोपाइला सहकारीमा ठगी र संगठित अपराध कसुरमा अनुसन्धान सकेको हो। उनका अनुसार ३० जना व्यक्ति र ११ वटा संस्था/कम्पनीविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको हो।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्वडिआइजी छविलाल जोशी पनि प्रतिवादी छन्। प्रहरीले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ बिगो माग दाबी गरेको छ। सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ र जोशीको हकमा ३ करोड २४ लाख ३२ हजार ९९९ रुपैयाँ बिगो मागदाबी भएको छ ।

सहकारी ठगी फरार रहेका जिबी राईलाई १० करोड ८१ लाख ५२ हजार ४६९ रुपैयाँ र कुमार रम्तेलसँग १५ करोड ५३ लाख ५३ हजार ३४६ बिगो मागदाबी गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments