Home NRNA NEWS एनआरएनएको १२औं महाधिवेशनको तयारीबारे परराष्ट्रमन्त्री शर्मासँग छलफल

एनआरएनएको १२औं महाधिवेशनको तयारीबारे परराष्ट्रमन्त्री शर्मासँग छलफल

0
एनआरएनएको १२औं महाधिवेशनको तयारीबारे परराष्ट्रमन्त्री शर्मासँग छलफल

काठमाडौं, २७ जनवरी २०२६। आगामी १२औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधिमण्डलले माननीय परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ।

एनआरएनएका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा सिंहदरबार स्थित परराष्ट्र मन्त्रालय पुगेको प्रतिनिधिमण्डलले मन्त्री शर्मालाई महाधिवेशनको तयारीसम्बन्धी अद्यावधिक प्रगति जानकारी गराएको हो।

भेटमा एनआरएनएले महाधिवेशनका लागि मूल आयोजक समिति गठनको प्रगतिबारे जानकारी मागेको थियो। यसका लागि मन्त्रालयको डायस्पोरा डिभिजनले कार्य अगाडि बढाएको र परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन हुने व्यवस्था रहेको बताइयो।

एनआरएनएका उपाध्यक्ष डा. हेमराज शर्माले भेटका क्रममा १२औं महाधिवेशनलाई “वृहत एकता” पश्चात् आयोजना हुने पहिलो ठूलो सम्मेलन बताउँदै यसलाई सफल बनाउन सबैको सहयोग अपेक्षित रहेको जानकारी दिए।

यसैगरी, परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा संशोधन र एकीकरणका लागि मन्त्रालय र संघबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरियो। दुवै पक्षले यससम्बन्धमा समन्वय गरी आवश्यक परिमार्जन गर्न सहमति जनाएका छन्।

प्रतिनिधिमण्डलमा एनआरएनए कोषाध्यक्ष सुजन थापा र संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत समेत उपस्थित थिए। भेटवार्ता सकारात्मक र सहकार्यपूर्ण ढंगले सम्पन्न भएको संघले जनाएको छ।