Homeगृहपृष्ठबोक्सिको आरोप लगाएर महिला कुटपिट गर्ने वडा सचिव पक्राउ

बोक्सिको आरोप लगाएर महिला कुटपिट गर्ने वडा सचिव पक्राउ

आर डि क्रीएशन/ १२ नोभेम्बर, कुवेत। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ का सचिव टिकाराम आचार्यलाई बोक्सीको आरोप लगाएर महिलालाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

तिलाेत्तमा नगरपािलकाकै वडा नं ४ की डम्बरकुमारी न्यौपानेलाई बोक्सीको आरोपमा आचार्यले दुर्व्यवहार गर्दै कुटपिट गरेको आरोपमा आचार्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।

प्रहरीका अनुसार आचार्यकी श्रीमती कमला र छोरी प्रतिज्ञालाई पनि पक्राउ गरिएको छ । आचार्य परिवारले आफूलाई बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै न्यौपानेले उजुरी दिनुभएको थियो ।

डम्बरकुमारीले दिएको बयान अनुसार छोरी प्रतिज्ञाले आफूलाई कुटपिट गरेको, आमा कमलाले साथ दिएको र बुवा टिकाराम रमिते बनेर हेरेका थिए ।

घटनालाई गम्भीरता पूर्वक लिई अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।

यो सामाग्री उज्यालो अनलाइनबाट साभार गरिएको हो।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments