Friday, April 17, 2026
spot_img
Homeस्वास्थ्यNRNA/NCC कुवेतद्वारा उद्दार समिती निर्माण, कोरोनाको कारण समस्यामा परे सम्पर्कमा आउन...

NRNA/NCC कुवेतद्वारा उद्दार समिती निर्माण, कोरोनाको कारण समस्यामा परे सम्पर्कमा आउन अनुरोध।

आर डि क्रीएशन/८ अप्रील, कुवेत। गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत (NRNA/NCC) कुवेतले कोरोना भाइरस अर्थात COVID-19 का कारण लामो समयदेखी कम्पनी बन्द भइ समस्यामा परेका कुवेतमा समस्यामा परेका नेपाली कामदारहरुलाइ खानाकै कारण कोहि नेपाली कामदारले ज्यान गुमाउनु नपरोस भन्ने हेतुले गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसिको अध्यक्षतामा आपतकालीन समिती निर्माण गरेको छ। उक्त समितिले कुवेतमा कोरोनाको प्रभाव बढे संगै भोलि नेपाली कामदारहरुमाझ आउन सक्ने समस्याको मध्यनजर गर्दै दैनिक जिवनयापनका लागि अत्यावश्यक खाद्य सामग्रीहरु खरिद गरि भन्डारण गरेको छन। झन्डै नेपाली ४ लाख बराबरको खाद्य सामागरि कुवेतको विभिन्न ५ शहरमा भन्डारण गरिएको संयोज केसिले आर डि क्रीएशनलाइ जानकारी दिइएको छ। कुवेत अधिराज्यभरिका जुनसुकै स्थानमा बस्ने नेपालिलाइ समस्या परे पनि त्यही क्षेत्रबाट सहयोग मिलोस भन्ने हेतुले कुवेतको फाहाहिल, फिन्तास, साल्मिया, जिलिव र फर्वानिया गरि ५ ठाउँमा खाद्य सामाग्रीहरु भन्डारण गरिएको जनाएका छन।

कुवेतमा निक्कै लामो समयदेखी कोरोनाको कारण धेरै प्राइभेट सेक्टरका कम्पनिहरु बन्द रहेसंगै कतिपय कम्पनिहरुले वेतलवी कामदारहरु राखेका कारण भोलि खानपानका लागि समस्या पर्न सक्ने कुरालाइ धयानमा राखि यो समिती निर्माण गरिएको संयोजक केसि बताएका छन। अध्यक्ष सुजन केसि र महासचिव दिलकुमार पाख्रीनद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्ती जारी गर्दै सो घोषणा गरेका हुन। विज्ञपतिमा नेपालमा राहत बितरणमा देखिएको असमानता र अवास्ताविक पिडितहरुले ताहतको लाइन ओगटेको कुराहरुलाइ ध्यानमा राखी कुवेतमा त्यो हावी नगराउन कम्पनिले तलव दिइरहेका वा खानको ब्यबस्था गर्न सक्ने स्थितिमा रहेकाहरुले कृपा गरि यहासम्म आउने कष्ट नगर्नुहुन अनुरोध गरिएको छ। एन आर एन ए ले गलत ठाउँमा राहत नपुगोस भन्नका लागि राहत सम्बन्धी एउटा फारम समेत ब्यबस्था गरेको छ। उक्त फारमलाइ एन सिसिले अध्ययन गरि वास्ताबिक पिडित ठहरिएमा मात्र त्यस्तालाइ राहत दिने ब्यबस्था गरिएको छ।

साथै, विज्ञप्तिमा कुवेत सरकारले अप्रील महिनाभरी भनी जारी गरेको आममाफीलाई कुवेतका अवैधानिक हैसियतमा रहेका नेपालिहरुले कसरी सहि सदुपयोग गर्ने भन्ने पक्षमा नेपाल सरकार सकारात्मक नभए पनि अवैधानिक कामदारहरूको पक्षामा निर्णय गराउन पहल भइरहेको बताएका छन। नेपाल सरकारले अवैधानिक हैसियतमा रहेका नेपाली कामदारका पक्षमा कदम चालेको खन्डमा एन आर एन ए ले मध्यस्थताकर्ताको भुमिका निर्वाह गर्दै शिविर सम्म पुर्‍याउनका लागि अहम भुमिका खेल्ने जारी विज्ञप्तिमा उल्लेख छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments