Skip to main content

Rd Creation

वेचिएको चेलिको सत्य तथ्य कथा “यथार्थ”

आर डि क्रीएशन/ २६ डिसेम्बर, कुवेत। विदेशमा वेचिएको नेपाली चेलीहरुको सत्य तथ्य कथामा अाधारित डकुमेन्ट्रि चलचित्र “यथार्थ” को मृजिक भिडीयो सार्वजानिक गरिएको छ।
दलालीहरुको संजालले पैसाको मोल मोलाइ गरि घरायसि कामदारको रुपमा वेचेर मालिक मालिकनी वाट अनेक यातना सहनु पर्ने,अाफ्नै दाजुभाइ द्धारा लोभ लाचना देखाइ अलपत्र पर्नु पर्ने कथा व्यथा समेटेर वनाइएको चलचित्र “यथार्थ” सुनौलो युवा जागरण क्लव को प्रयासमा निर्माण भएको हो ।
उक्त चलचित्रमा मुख्य कलाकारहरुमा नुमा राई, विपिन राई, सान्ति अाङ्देम्वे, जितु लिम्बू,निर्मला राई, छविलाल पाण्डे,ममता राई,खड्क खड्का,विकास मगर,विनु थापा,रिदम वोखिम,निरु छिलीङ,विष्णु मगर,मेरि राई, ले भभिनय गरेका छन। भने अाइटम डान्सरमा दीक्षा लिम्बू देखिएका छन क्यामरा जि अार राइले चलाएका हुन भने मेक अपमा ममता राई ले गरेका हुन चलचित्रमा समावेस गरिएको गीतको शब्द निर्मला राइको भने संगीत राज लिम्बू थेगीमले नै गर्नु भएको हो गीतको स्वरमा दिपा तामाङको रहेको छ चलचित्र निर्माण मा अरुणा राई ,भुमिका राई, संगीता गोले को लगानि रहेको छ भने लेखन निर्देशन राज लिम्बू थेगीमको रहेको छ । चलचित्रको 90% छायाङकन कुवेतको फर्वनियामा भएको हो वाकि नेपालमा गरिएको छ ।

 

भिडियो हेर्नुहोस;

https://youtu.be/wmwqGq7RdDw

 

 

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.