Homeगृहपृष्ठबौद्ध परिसरमा स्हुङ संकलन तथा विश्व शान्ति च्योई पुजा हुँदै

बौद्ध परिसरमा स्हुङ संकलन तथा विश्व शान्ति च्योई पुजा हुँदै

लनम तामाङ/ २८ माघ, काठमाडौं । छ्योठुल धुइछेन (ऋद्धिप्रतिहार्य दिवस) को अवसरमा पवित्र धार्मिकस्थल बौद्ध परिसरमा स्हुङ संकलन र विश्व शान्ति पुजा हुने भएको छ । पूजा कार्यक्रम शैलुङ रिगसुम गोन्पो सेवा समाजको आयोजनामा हुने भएको छ ।

श्रद्धये परमपुज्यनीय टुल्कु लोसाङ नाम्ग्याल रिन्पोक्षे ज्युको सदिक्षा र संरक्षणमा दोलखा–रामेछाप जिल्लाको संगम पवित्र धार्मिकस्थल सांस्कृतिक तथा पर्यटकिय क्षेत्र शैलुङ डाँडामा निमार्णाधीन ५३ फिट उचाईको ज्याङछ्युव छ्योर्तेन (बोधिचैत्य) कोे निर्माण कार्य सम्पन्न गर्न सो पूजा गर्न लागिएको आयोजकले जानकारी दिएको छ । बुंम्बासम्मको भाग निर्माणकार्य सम्पन्न भैसकेको र बाँकी निर्माण कार्य सम्पन्न गर्न र स्हुङ संकलन गर्न लागिएको आयोजक संस्थाका महासचिव कृष्ण कुमार थोकरले बताए ।


निर्माण सम्पन्न पश्चातको ज्याङछ्युव छ्योर्तेन (बोधिचैत्य)

कार्यक्रम झ्यारुङ खस्योर छ्योर्तेनको प्राङ्गण बौद्ध, परिसरमा फल्गुण ४ गते देखि ६ गते सम्म हुने भएको छ । सो अवसरमा छ्यार्तेन निर्माणका लागि आवश्यक आर्थिक तथा स्हुङ सहयोगको लागि समेत आयोजक सस्थाको तर्फबाट सोनी मोक्तानले सबैमा अनुरोध गरेको छ ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments