Wednesday, April 22, 2026
spot_img
HomeEnglish Newsअध्यक्ष डा. बद्री केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन

अध्यक्ष डा. बद्री केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन


गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गर्नुभएको छ । उद्योग वाणिज्य प्रबद्र्धन सम्वाद परिषद् (गठन) आदेश, २०७५ बमोजिम मिति २०८१/९/५ मा भएको निर्णयानुसार अध्यक्ष डा केसीलाई उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरिएको हो ।

अध्यक्ष डा. बद्री केसीले  मनोनयनको लागि प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘गैरआवासीय नेपाली संघको अध्यक्षको  हैसियतले मलाई उक्त समितिको सदस्य मनोनयन गरेकोमा प्रधानमन्त्रीज्यूसहित समस्त नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।ʼ

सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पु¥याउन २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो । परिषद्को सदस्यमा  गैरआवासीय नेपाली संघ,नेपाल उद्योग वाणिज्य महासंघलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को पहिलो बैठक मंगलबार (माघ २९,२०८१) सम्पन्न भएको छ । उक्त बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरु, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरु, विकास निर्माणमा भएका प्रगतिहरु, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो । 

बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।

अध्यक्ष डा केसीले परिषद्को बैठकमा मंगलबार आफ्नो सुझाव पेश गर्दै गैरआवासीय नेपालीहरुलाई लगानीका लागि आकर्षित तथा प्रोत्साहित गर्न संविधान प्रदत्त आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments