काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गरिमा क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको गरिमा समृद्धि योजना को इकाई सूचीकृत भएको छ ।
फागुन १ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ कायम भएको १२ करोड ५० लाख इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।
कम्पनीले सर्वसाधारण समक्ष एनआईएमबि एस क्यापिटल लिमिटेड मार्फत् १२ करोड ५० लाख इकाई धितोपत्र विक्री खुला गरेको थियो ।
सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिन अर्थात आगामी आइतवारबाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुनेछ । स्टक सिम्बोल जिएसवाई रहेको छ ।




