Friday, March 6, 2026
spot_img
Homeगृहपृष्ठCOVID-19 का कारण समस्यामा परि नेपाल फर्किन चहानेले NRNA कुवेतलाइ सम्झनुहोस। अध्यक्ष-...

COVID-19 का कारण समस्यामा परि नेपाल फर्किन चहानेले NRNA कुवेतलाइ सम्झनुहोस। अध्यक्ष- सुजन केसि

दिलकुमार पाख्रीन/ १४ फेब्रुअरी, कुवेत।

कोरोना भाइरस (COVID-19) कारण रोजगारी गुमाएर आर्थिक रुपले समस्यामा परि नेपाल फर्किन नसकेका नेपाली कामदारहरुलाइ NRNA कुवेतले नेपाल सम्मको हवाइ टिकट, कुवेतबाट पिसिआर परिक्षण र काठमाडौ विमानस्थलबाट आफ्नो घर सम्म पुग्नको लागि बसको टिकटको समेत ब्यबस्था गरि उद्दार गरिरहेको छ। गत डिसेम्बर देखि उद्दार गर्न सुरु गरेदेखी आज सम्म २७ जना कोरोना भाइरसका कारण त्यसरी समस्यामा परेका कामदारहरुलाइ गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले उद्दार गरि नेपाल पठाइसकिएको संघका अध्यक्ष सुजन केसिले जानकारी दिएका छन। केसिले, फेब्रुअरी महिनाभरिमा हामी संग सम्पर्कमा आएका त्यस्ता समस्यामा परेका नेपाली कमदारहरुलाइ हामी उद्दार गरि पठाउने बताएका छन। उनका अनुसार NRNA कुवेतलाइ पनि केन्द्रले आर्थिक रुपमा सहयोग गर्ने भएकोले कुवेतमा अलपत्र परेका नेपालिहरुलाइ सहयो गरिरहेको हो। NRNA केन्द्रले कुवेत वाहेक साउदी, कतार, दुबई, ओमन लगाएतका देशहरुबाट पनि यस्तै सहयोगरिरहेको छ।

आज सम्म कुवेतबाट उद्दार गरिएका २७ जना नेपालिहरुको नाम निम्नप्रकार रहेको छ।

१. कमला तामाङ
२. सुरेश लामा
३. दावा लामा
४. मधु केसि
५. राम बहादुर तामाङ
६. बिजय ग्याबक
७. अमर दाहाल
८. बिश्न बहादुर खत्री
९. लक्ष्मण बहादुर ढकाल
१०. मिलन कुमार तामाङ
११. शान्ती बिक
१२. तिलक बहादुर खड्का
१३. बसन्ती राई
१४. बाबुराम गौतम
१५. अजय कुमार मण्डल
१६. राजु सावाँत
१७. भिमर सिङ लिम्बू
१८. यादव ढुंगाना
१९. कृश्न सुनार
२०. हस्तबहादुर बुढा
२१ दिल्लिराम पाठ्क
२२. सरस्वती पाठक
२३. चित्र बहादुर रानामगर
२४. प्रकाश आलेमगर
२५. तारा भन्डारी
२६. बनिक राज पौडेल
२७. पुष्ट बहादुर बिक

रहेका छन। अध्यक्ष केसिले अरु थप ६ जना दूतावासको सरणमा पुगेका नेपाली महिला दिदिबहिनिहरुलाइ पनि दूतावाससंगको संयुक्त सहयोगमा नेपाल पठाउने तयारिमा रहेको जानकारी गराउँदै फेब्रुअरी महिना भरिमा कुवेतमा रहेर समस्यामा हुनुहुने जो कोहिले पनि NRNA कुवेतको सम्पर्कमा आउन अनुरोध गरेका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments