Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठNRNA कुवेतको सदस्यता बन्न २ दिन बाँकी, सो पछि बनेका सदस्यता मान्य...

NRNA कुवेतको सदस्यता बन्न २ दिन बाँकी, सो पछि बनेका सदस्यता मान्य नहुने।

राम्रो दृष्टि/ २८ जुन, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको पञ्जिकृत सदस्यता बन्ने म्याद दुई दिन मात्र बाँकी रहेको छ। NRNA कुवेतले एक विज्ञप्ति सार्वजनिक गर्दै पञ्जिकृत सदस्यताको लागि अब दुई दिन मात्र बाँकी रहेको रब्सो पछि भेरेका वा सदस्यता शुल्क भुक्तानी भएका सदस्यताहरु मान्य नहुने बताएका छन। अध्यक्ष सुजन केसि र महासचिव दिलकुमार पाख्रीनद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा मे १५ देखि जुन ३० सम्म ४५ दिन कार्यकाल २०२१-२३ का लागि सदस्यता खुल्ला गरि सदस्यता बन्नका लागि आव्हान गरिएको र सो को म्याद सकिन लागेकोले भरिसकेकाहरुले NRNA का प्रतिनिधिसंग समपर्क गरि सदस्यता शुल्क भुक्तानी गर्न र सदस्यता नबनेकाहरुले सदस्यता बनेर सदस्यता शुल्क भुक्तानी गर्न सुझाएका छन।

अध्यक्ष केसिका अनुसार सधैंका कार्यकाल भन्दा यसपाली स्वतस्फुर्त सदस्यता बन्नेको संख्या बढी देखिएको छ। हाल सम्म झन्डै १३ सय सदस्यता बनिसकेको छ। उनका अनुसार यसपाली सदस्यता बन्ने बनाउने सबै NRNA कै सिस्टमद्वारा भैरहेको छ। यदि चुनाव नै गर्न परे पनि NRNA कै सिस्टमबाट एकदम सहज रुपमा one device one vote गर्न सकिने ब्यबस्था छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments