Tuesday, February 17, 2026
spot_img
Homeगृहपृष्ठNRNA कुवेतद्वारा १३ सेप्टेम्बरमा अन्तर नेपाली भलिबल प्रतियोगिता गर्ने, प्रथम पुरस्कार...

NRNA कुवेतद्वारा १३ सेप्टेम्बरमा अन्तर नेपाली भलिबल प्रतियोगिता गर्ने, प्रथम पुरस्कार ४०१ केडि

कुवेत्। एनआरएनए एनसिसि कुवेतले आगामी सेप्टेम्बर १३ तारिख, शुक्रवारका दिन फाहिल स्पोर्टिङ क्लबको हलमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कुवेतमा भलिबल इतिहासकै सबैभन्दा ठूलो धनराशि पुरस्कार घोषणा गरिएको यस प्रतियोगिताले यहाँका भलिबल खेलाडीहरूलाई उच्च हौसला दिने र खेलप्रति चासो तथा लोकप्रियता बढाउने विश्वास आयोजकले लिएका छन्।

कुवेतमा रहेका नेपाली भलिबल टिमहरूसँगै भुटानी टिमहरूलाई समेत सहभागिता गराउने प्रयास रहेको जनाउँदै एनसिसि उपाध्यक्ष तथा खेलकुद विभाग प्रमुख विकास सिंह ठकुरीले खेलमा आयोजक तथा रेफ्रीको निर्णायक भूमिका रहने स्पष्ट पारेका छन्।

विशेष जानकारी:
दर्ता शुल्क -मात्र २५ केडी
पहिलो पुरस्कार -४०१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
दोस्रो पुरस्कार- २५१ केडी, ट्रफी, मेडल, प्रमाणपत्र
तृतीय तथा चौथो स्थान- आकर्षक उपहारहरू

टाइसिटबारे:
मिति- ५ सेप्टेम्बर २०२४
स्थान- नमस्ते नेपाली रेष्टुरेन्ट, महाबुल्ला
समय- साँझ ५ बजे

प्रतियोगिताबारे-
मिति- १३ सेप्टेम्बर २०२४
स्थान- फाहिल स्पोर्टिङ क्लब
समय- बिहान ८ बजेबाट

सम्पर्क :
60767749, 67726405, 51003611

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments