8.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeस्वास्थ्यNRNA कुवेतद्व...

NRNA कुवेतद्वारा ४ सय भन्दा बढी पिडितलाइ खाद्यान्न वितरण

आर डि क्रीएशन/२१ अप्रील, कुवेत। गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA/NCC) कुवेतले कुवेतमा ४१३ जनालाइ दैनिक जिवनयापनमा अत्यावश्यक नुन, तेल, दाल, चामल लगाएतका खाद्य सामाग्री वितरण गरेको छ। कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी रहेर खानका लागि समस्यामा परेका वा अवैधानिक रहेर खानमा समस्या परेका नेपालीहरुलाइ उक्त राहत वितरण गरेको हो।

कोरोना भाइरसका कारण कुवेत पुर्ण रुपमा डेढ महिना देखि लकडाउनमा छ। लकडाउन संगै जिम हल, रेस्टुरेन्ट, शैलुन, ब्युटी पार्लर, सिनेमा घर, पब्लिक ट्रान्स्पोर्ट, ट्याक्सी ब्यबसाय, हुक्का बार लगाएतका विभिन्न क्षेत्रमा काम गर्ने झन्डै १० हजार नेपाली कामदारहरु बेतलबी भएका छन। धेरै कम्पनिहरुले आफ्नो बर्षे बिदालाइ लोकल लिभको रुपमा कटाएर राखेका छन भने कतिपय कम्पनिले उनिहरुलाइ टर्मिनेट नै गरेका छन। नेपालमा पनि लकडाउन भएकोले आफुहरु बेतलवी र कम्पनीले नै टर्मिनेट गर्दा पनि बाध्यताले कुवेतमा बस्नुपरेको कामदारहरुको गुनासो छ। एकातिर बेतलवी र अर्कोतिर खान बस्नको ब्यबस्थापन अत्यन्तै चर्को समस्या भएको उनिहरु बताउँछन।

त्यस्तै अत्यन्तै समस्यामा परेका नेपालिहरु कोहि पनि खान बिना भोकमरिले ज्यान नगुमाउन भन्ने हेतुले NRNA कुवेतले कोरोनाको प्रकोप बढ्ने बित्तिकै अध्यक्ष सुजन केसिको संयोजकत्वमा आपतकालीन समिती निर्माण गरि राहतकोषबाट अत्यावश्यक खाद्य सामाग्री वितरणका लागि ४ लाख नेपाली रुपैयाँ बराबरको बजेट तयार गरेको थियो। वितरण गर्दै जाने क्रममा माग पनि बढेको कारण पुनः एक लाख रुपैयाँ बराबरको बजेट छुट्ट्याइ करिब ५ लाख नेपाली रुपैयाँ बराबरको खाद्य सामाग्री भन्डारण गरि वितरण गरेको हो। कुवेतको फाहाहिल, मङ्गाफ, सुक अल सभा, सालमिया, फर्वानिया, माहबुल्ला, जहारा जिलिब, हसविया लगाएतका ठाउँहरुमा गत हप्ता राहत वितरण गरिएको हो।

NRNA कुवेतले कोरोनाको चपेटामा परेका ७ जनालाइ विगत एक महिनादेखी खान बस्नको ब्यवस्था गरिरहेको छ। कोरोना भाइरसका कारण आफुहरुले जागिर गुमाएको र नेपाल जाने वातावरण समेत नरहे पछी उनिहरुले आफुलाइ खान बस्नको ब्यबस्था गर्न नसक्ने अवस्थामा पुगेपछी एन आर एन ए को सरणमा आएका थिए।

कुवेतमा कुवेत सरकारको तथ्यांकले ६२ हजार नेपालीहरु कार्यरत रहेको बताए पनि ७० हजारको हाराहारीमा नेपालिहरु रहेको अनुमान गर्न सकिन्छ। ती मध्य ४ हजारको संख्यामा अवैधानिक रहेको तथ्यांकले देखाउँछ। अवैधानिक हुनेहरुमा महिलाको संख्या बढी रहेको छ। कुवेत सरकारले गत एक अप्रीलबाट ३० अप्रीलसम्मका लागि आममाफीको घोषणा गरेको छ। विभिन्न देशहरुले आफ्नो अवैधानिक कामदार फर्काइरहे पनि नेपाल सरकारले कुवेतबाट आफ्नो अवैधानिक नागरिकहरु फर्काउने बिसयमा कत्ती पनि चासो देखाएको छैन। मध्यपुर्वका देशहरुले आफ्नो कामदार फर्काउन दवाव दिइरहँदा कुवेतको सदनमा समेत विदेशी कामदार फर्काउने सम्बन्धमा बहस सुरु भएको छ। हिजो मात्र कुवेतकी सांसद साफा हसिमले ट्विट गर्दै विदेशी कामदार फर्काउनुपर्ने बताएकी छन। उनको ट्वीटमा विदेशी कामदारहरु फर्काए कोरोना नियन्त्रणमा सहज हुने तर्क राखेकी छन। कुवेतमा दैनिक सयौंको संख्यामा कोरोना संक्रमित बढिरहेको छ। हालसम्म कोरोना संक्तमितको संख्या २०८० जना पुगेको छ। जसमा २४ जना नेपालिहरु संक्रमित छन। कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या समेत दिनहुुँ बढिरहेको छ। आज सम्मको कोरोनाका कारण ११ जनाको मृत्यु भैसकेको छ।

वैधानिक कामदारलाइ समेत फर्काउने कुरा सदनमा बहस बनिरहँदा नेपाल सरकारले अवैधानिक कामदार फर्काउने समेत तयारी नगर्दा कामदारहरु दुखित छन। अवैधानिक कामदार फर्काउने बिसयमा यो भन्दा अगाडी नै NRNA कुवेतले नेपाली दूतावासमा ज्ञापनपत्र समेत बुझाइसकेको छ। NRNA कुवेतले यश बिसयमा केन्द्रमा समेत बारम्बार रिपोर्टिङ गरेर नेपाल सरकारसंग आवस्यक समन्वय गरि कामदार फर्किन सक्ने वातावरण निर्माण गर्न आग्राह गरिरहेको छ। त्यत्ती मात्र नभई लकडाउनको अवधी मे २८ सम्म लम्बिए संगै थप धेरै समस्या झेल्नुपर्ने बताउँदै NRNA केन्द्रलाइ राहत बजेटको लागि समेत माग गरेको छ। कुवेतमा लकडाउन र १६ घण्टे कर्फ्युले जनजिवन दिननुदिन अस्तब्यस्त छन। खाद्यान्न किन्न र स्वास्थ्य सम्बन्धि समेत समस्या बन्दै गइरहेको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments