10.1 C
Kathmandu
Saturday, February 15, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठNRNA कुवेत र ...

NRNA कुवेत र पत्रकार महासंघ कुवेतविच भेटघाट सम्पन्न।

राम्रो दृष्टि/ २३ अगस्ट, कुवेत। गैरआवासीय नेपाली संघ (NRNA) कुवेत र नेपाल पत्रकार महासंघ कुवेतबिच मैत्रीपुर्ण भेटघाट सम्पन्न भएको छ। गत २० अगस्ट शुक्रबारका दिन सम्पन्न भएको भेटघाटमा NRNA को भावी कार्ययोजना एवं कुवेतका श्रमिकहरुका समस्या सम्बन्धमा छलफल भएको छ।

महासंघका सचिव हरि बानियाँले सहजीकरण गरेको सो भेटघाटमा NRNA का तर्फबाट अध्यक्ष रणध्वोज लामा, उपाध्यक्ष माधाब शाही, महासचिव दिलकुमार पाख्रीन, प्रवक्ता केशर घलान, महिला संयोजक रमिता योन्जन र सदस्य द्वय विजय धामी र जयनारायण थारु उपस्थित थिए भए महासंघका तर्फबाट अध्यक्ष नबराज पन्थी, उपाध्यक्ष राज मल्ला, सचिव हरि बानियाँ, सदस्य प्रेम बानियाँ र बिपिन अर्याल रहेका थिए।

छलफलमा पत्रकारहरुबाट केही सवाल जवाफ समेत भएको थियो। NRNA को भावी कार्ययोजना के छ? भन्ने प्रश्नमा अध्यक्ष लामाले, कुवेतका श्रमिकहरुको समस्या न्यूनीकरण र देशका लागि लाभ हुने खालको कार्यमा केन्द्रित रहेको बताए। उनले कुवेतमा विभिन्न खाले समस्यामा आफुहरु प्रत्यक्ष उपस्थित भइ समस्याको स्थल अवलोकन गरि समस्याको समाधान खोज्ने बताए। अवैधानिक नेपालि कामदारहरुलाइ कोविड विरुद्ध खोप, अनलाइन श्रम, नेपाली श्रमिकहरुद्वार बढेको अवैधानिक क्रियाकलापहरुलाइ न्यूनीकरण सम्बन्धी नेपाली दुतावास संग छलफल भैरहेको र केही समयमै सबैले देखिने गरि यसको नतिजा आउने बताए।

त्यसवाहेक नेपालबाट नेपालमै उत्पादित सामानहरु कुवेतमा निर्यात गर्नका लागि पहल र कुवेतबाट नेपालमा विदेशी लगानी गराउनका लागि कम गर्ने बताएका छन। उनले थप्दै भने “NRNA ले गर्ने हरेक सकारात्मक कार्यहरुमा पत्रकारहरुको अहम भुमिका हुनुपर्छ। NRNA ले साना देखि ठुला कार्यहरु गर्न सक्छ। हामिले नेपालमा दुइटा अलि गतिलै प्रोजेक्ट लैजाने योजनामा छौँ। एउटा शिक्षा क्षेत्रमा र अर्को स्वास्थ्य क्षेत्रमा।”

हिजो महासंघ र NRNA बिच जे जस्तो सम्बन्ध वा परिस्थिति रहे पनि श्रमिकहरुका लागि यी दुवै संस्थाहरु श्रमिकहरुको हितकै लागि हो भन्ने छलफलको निचोड रहेको छ। त्यसका लागि हिजोको दिनहरुले एक्लै हिँड्दा भन्दा संगै हिंड्दा सुरक्षित र मजबूत हुने पाठ सिकाएको छ। महासंघका अध्यक्ष पन्थिले NRNA ले गरेको हरेक सकारात्मक कार्यमा महासंघको साथ र समर्थन रहने बताएका छन। साथै कुवेतमा कार्यरत श्रमिकहरुलाइ नेपालमा हुने विभिन्न ठुला ठुला प्रोजेक्टहरुका IPO मा सामेल गराउन पहल गर्दै स्वरोजगार बन्ने वातावरण निर्माण गर्न NRNA लाई सुझाव दिएका छन

spot_img
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू