राम्रो दृष्टि/ ३१ अगस्ट। गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) को आगामी अक्टोबर २३ देखि २६ सम्म काठमाडौंमा हुन गैरहेको १० औं विश्वसम्मेलनमा अध्यक्ष पदमा कुल आचार्य, बद्री केसी र रबिना थापाले उम्मेदवारी घोषणा गरेका छन् । तर, रविना थापाले कुल आचार्यलाई समर्थन गर्दै छिट्टै उम्मेदवारी फिर्ता लिने जनाईएको छ । यसपटक उम्मेदवारी घोषणा गरेका दुई प्रतिस्पर्धी मध्य कुल आचार्य भन्दा बद्री केसि बलियो उम्मेदवारका रुपमा देखिएका छन ।
आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रर्वद्धन, गैरआवासीय नेपाली नागरिकता तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले संघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् भने केसीले आफुले घोषणा गर्नु भन्दा पनि गरेरै देखाएको बताएको छ। केसिले आफुले NCC देखि ICC को सबै पदमा काम गरिसकेको बताउँदै कार्यकाल २०१९-२१ मा आफू उपाध्यक्ष रहेर सबैले छोडेको विभाग वैदेशिक रोजगार विभाग प्रमुखका रुपमा अतुलनिय कार्य गरेको दावी गरेक छन। उनले उनको पछिल्लो कार्यकालमा मात्र मध्यपुर्व, मलेसिया अन्य विभिन्न देशहरुबाट दुई लाख बढी नेपाली कामदारलाइ प्रत्यक्ष सहयोग तथा उद्दार गरेको छ। वैदेशिक रोजगार सुरक्षितताका लागि केही दिन अघि मात्र ४८ पृष्ठको श्वेतपत्र जारी गरिएको छ। जसमा वैदेशिक रोजगारिमा कस्ता कस्ता समस्याहरु छन र त्यसको दीर्घकालीन समाधानका लागि गरिनुपर्ने कार्यहरु उल्लेख गरिएको छ। आफू अध्यक्ष भए ती सबै समस्याहरु हल गर्ने बताउँदै आफुलाइ सक्षम अध्यक्षको दावी गरेका छन। उनले थप्दै आफू संग पछिल्ला कार्यकालमा MIS, SMART NRNA, ONLINE VOTING, ONLINE FUND RAISING, जस्ता एडभान्स ऐतिहासिक कार्य गर्ने टिम रहेकोले आफ्नो गतिलो कार्ययोजना बनाएर जाँदा पक्का सफल हुने दावी गरेका छन।
संघका ८५ वटा राष्ट्रिय समन्वय परिषद एनसीसी मध्ये ६४ वटा एनसीसीहरू मात्रै सक्रिय रहेका छन् । अहिले सम्म कुनै NCC ले खुलेर कसलाइ सहयोग गर्ने भन्ने स्पष्ट भएको छैन। केसिले कहिले आफ्नो उम्मेदवारी घोषणा गर्ने भन्ने बिसयमा नखुले पनि केही दिनभित्रै सबैलाई मिलाएर समावेशी टिमको औपचारिक घोषणा काठमाडौंबाटै गर्ने तयारी भइरहेको आचार्यले बताएका छ्न।
आचार्य संघको राष्ट्रिय समन्वय परिषद बेलायतको बिभिन्न तहको जिम्मेवारीपछि एनसीसी बेलायतको अध्यक्ष, युरोप क्षेत्रको क्षेत्रीय संयोजक र पछि २०१७ मा अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भएका आचार्य २०१९ को निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए । त्यतिबेला केही मतको अन्तरले मात्रै उनि उपविजेता बनेका थिए । त्यतिबेल उनी कांग्रेसको उम्मेदवारको रुपमा उठेका थिए। यो पटक पनि आचार्य कांग्रेसकै समर्थनमा उम्मेदवारी घोषणा गर्ने भएको छ भने उनलाइ नेपाली राजनैतिक समीकरण जस्तै माओवादी केन्द्रले समर्थन गर्न सक्ने आँकलन गरिएको छ। अर्का प्रत्यासी बद्री केसिलाई भने नेकपा एमाले ओलि समुहको उम्मेदवारको रुपमा अघि बढाइएको छ।
हाल आचार्य र केसीले प्यानल नै बनाएर आफ्नो चुनावी प्रचार अगाडी बढाएका छन् । यसपटक अन्तराष्ट्रिय परिषदको प्रवक्ता समेत ५९ पदाधिकारी पद मध्ये प्रवक्ता बाहेक ५८ सिटमा सहकार्य गर्नेहरुलाई उम्मेदवार बनाएर ठूलो टिम लिएर जाने आचार्यको योजना रहेको बताए । आचार्यले नेपालको संविधान जारी भएको छ वर्ष भईसक्दा पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएको र आफुले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको बताए उनले भने म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने बताएका छन ।
एन आर एन ए नेपाल सरकारले मान्यता दिएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता रहेको संस्था हो । अहिले संसारभरि यसका सदस्यको संख्या एक लाख नाघेको छ । हाल संस्थाले ८५ भन्दा बढी मुलुकमा आफ्नो संजाल बिस्तार गरिसकेको छ ।
आचार्य र केसी समुहबाट कस–कसको उम्मेदवारी ?
हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था रहेको छ । जनसवाललाई प्राप्त जानकारी अनुसार ‘टीम कुल’ बाट उम्मेदवारी दिने आईसिसिका पदाधिकारीहरुको लगभग टुंगो लागिसकेको छ । समाचार श्रोतका अनुसार उपाध्यक्षमा सल्लाहकार त्रिलोक गुरुङ,सचिब आर.के. शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र उपाध्यक्ष मन केसी रहने बताईएको छ । यस्तै महिला उपाध्यक्षमा निवर्तमान सचिब जानकी गुरुङ र युवा उपाध्यक्षमा मध्यपूर्व युवा संयोजक राज रेग्मीलाई समावेश गरिएको छ । महासचिवमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलको निश्चित भएको छ ।
यसैगरी सचिवमा मलेसियाबाट एसिया प्याशिफिक डिआरसी खगेन्द्र न्यौपाने, मध्यपूर्व आरसी प्रविन गुरुङ, युरोप आरसी नारायण आचार्य रहेका छन् भने महिला सचिवमा आइसिसि महिला संयोजक भोमा लिम्बु रहेकी छन् । यसैगरी कोषाध्यक्षमा लोक दाहाल र सोम सापकोटाबीच सहमति गर्ने प्रयास भै रहेको र सहकोषाध्यक्षमा एशिया प्याशिफिक आरसी रोविन्द श्रेष्ठ (गोबिन्द), अफ्रिका आरसी रोशन थापा र अस्ट्रेलिया क्षेत्रिय महिला संयोजक जानकी पौडेलमध्य दुई आउने भएका छन् ।
यसै गरी टिम कुलबाट आइसिसि युवासंयोजकमा मध्यपूर्व डिआरसि मनोज गोर्खाली र महिला संयोजकमा बिमला सापकोटाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
यसैगरि बद्री केसीको समुहबाट उपाध्यक्षमा धर्मराज अधिकारी, शिब बरुवाल, हेमराज शर्मा र डिबी क्षेत्रि रहेका छन् भने महिला उपाध्यक्षमा यस्मीन बेगम रहेकी छन् । केसी समुहबाट महासचिबमा गौरी जोशी सचिबमा रामशरण सिम्खडा रहेका छन् । झट्ट हेर्दा आचार्यको समुहमा भन्दा केसिको समुहमा बढी NRNA को लागि काम गरिसकेका उम्मेदवारहरु देखिन्छन। तर केऐको प्यानलमा अझै थुप्रै पदहरु खाली रहेकोले तयारी पूरा नभइसकेको देखिन्छ। केसिका समुहमा रहेका गौरी जोशी र हेमराज शर्माको कडा मिहेनतका कारण पछिल्लो कार्यकालमा ऐतिहासिक काम भएको छ भने डिबि क्षेत्री NRNA का VISION MAKER को रुपमा चिनिएका छन। उनले यो भन्दा पहिले नै हजारे अभियान जस्ता धेरै योजनाहरु दिइसकेका छन।
अन्य एजेन्सिको सहयोगमा