
इटहरी : कोशी प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले अतिरिक्त बिदाका रुपमा सिरुवा पर्वको अवसरमा प्रदेश राजपत्रमा नै प्रकाशन गरी प्रदेशभरि सार्वजनिक बिदा दिएको हो।
खासगरी तराईमा बस्ने आदिवासी समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षकै दिनदेखि सुरु हुन्छ। वैशाख १ गतेदेखि सुरु हुने यो पर्व तीन दिनसम्म चल्ने गरेको छ। कसै कसैले भने चैत्रको परिकार वैशाख (एक वर्षको) खाएर पनि पर्वलाई समापन गर्ने गर्दछन्।


विराटनगरका अगुवा प्रदीप विश्वासका अनुसार शिरमा आफूभदा सानालाई चैत्रमै राखिएको पानी वैशाखको १ गते राखेर आशीर्वाद दिने र सानाले ठूलाको गोडामा राखेर आशीर्वाद लिने गर्दछन्।
मुख्यरुपमा पानी शिरमा राखेर नयाँ वर्षको सुरुवात गर्नुलाई सिरुवाका रुपमा लिने गरिन्छ । यसैगरी सिरुवामा जडिसुतल खेल्ने, रंग खेल्ने परम्परा पनि रही आएको छ।
सिरुवाका अवसरमा शुभकामना सन्देश जारी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार सबै मौलिक संस्कृतिक चाडपर्व र परम्पराको संरक्षण सम्बर्धन गर्न प्रतिबद्ध रहेको बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





