Wednesday, April 29, 2026
spot_img
HomeEnglish Newsकांग्रेसप्रति अझै जनताको विश्वास छ, हामी नसुध्रिए अप्ठ्यारो पर्छ : नेता कोइराला

कांग्रेसप्रति अझै जनताको विश्वास छ, हामी नसुध्रिए अप्ठ्यारो पर्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्रै हुनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस मोरङ–काठमाडौँ सम्पर्क समितिले आज काठमाडौँमा आयोजना गरेको ‘देशको वर्तमान अवस्था, चुनौतीहरू र नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता नेता कोइरालाले महाधिवेशन २०८२ मङ्सिर मसान्तभित्र नभए पार्टी कमजोर हुँदै जाने बताए। उनले महाधिवेशन समयमै गर्न सबैले आवाज उठाउनुपर्ने बताए।

‘महाधिवेशन २०८२ मङ्सिरभित्र नभए कांग्रेस कमजोर हुँदै जान्छ। त्यतातिर ध्यान दिनुपर्छ, यो एकदम संवेदनशील कुरा हो,’ नेता डा कोइरालाले भने। उनले राजनीतिक दल र नेतृत्वप्रति जनताको वितृष्णा बढेको उल्लेख गर्दै जनताको निराशा हटाउन जरुरी भएको धारणा राखे।

उनले कांग्रेस जनताको पार्टी भएकाले कांग्रेसप्रति नागरिकको विश्वास कायमै रहेको पनि उल्लेख गरेका छन्। जनतासँग गरेका वाचा पूरा गर्न अग्रसर हुनुपर्ने बताउँदै उनले नेतृत्व नसुध्रिए अप्ठ्यारो परिस्थिति सिर्जना हुने जिकिर गरे।

 ‘नेपाली कांग्रेस जनताको पार्टी हो। नेपाली कांग्रेसलाई अहिले पनि जनता विश्वास गर्छन्। तर, हामी सुध्रिनुपर्छ। जनतासँग गरेका वाचाहरूलाई पूरा गर्न अग्रसर हुनुपर्छ। त्यो गरेनौँ भने अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ,’ नेता डा कोइरालाले भने। कांग्रेसको ध्यान सत्ता र सरकार केन्द्रित भइरहेको उनको भनाइ थियो।

प्रकाशित: ८ चैत्र २०८१ १७:०८ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments