हालै मध्यपूर्वमा विकसित घटनाक्रमलाई नेपाली राजदूतावास, कुवेतले नजिकबाट नियालिरहेको छ । यस सन्दर्भमा कुवेत र इराकमा रहनु हुने सम्पूर्ण नेपाली नागरिकहरूलाई तल उल्लिखित सुरक्षा सतर्कताका विषयमा ध्यान दिनु हुन र सुसूचित रहनु हुन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ । कुवेत र इराक सरकारले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी निर्देशन तथा सूचनाहरूको कडाईका साथ पालना गर्नु हुन।सकेसम्म घर भित्रै बस्नुहुन, अत्यन्त जरुरी नपरेसम्म यात्रा नगर्नु हुन, सतर्क रहनु हुन, आ-आफ्नो स्थानहरूमा रहेका नेपाली समु




