Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठगाउँले विस्थापित हुने कारण, खप्तड राष्ट्रिय निकुञ्ज 

गाउँले विस्थापित हुने कारण, खप्तड राष्ट्रिय निकुञ्ज 


अछाम । गरीबीको चपेटामा परेका युवाहरू रोजगारीको खोजीमा विदेश जान थालेपछि अछाम जिल्ला साँफे बगर नगरपालिका ११ देविस्थान गाउँ सुनसान भएको छ । विगत पाँच वर्षदेखि देवीस्थानका स्थानीय रोजगारीका लागि विदेश जान थालेपछि दिन प्रतिदिन गाउँघरमा ताला लाग्न थालेका छन् ।  

अछामको साँफे बगर नगरपालिका  ११ देविस्थान गाउँ । देविस्थानको डाँडा, गैरा, चुचि लगायत अन्य ठाउँका घरहरू खालि हुनुको खास कारण भनेको अशिक्षा, बेरोजगारी र त्यो संगै देविस्थान नजिकै खप्तड् राष्ट्रिय निकुञ्ज पनि हो । 

गाउँ निकुन्जभित्र रहेका कारण त्यहाँ भित्र बसोबास गर्ने जंगली जनावरहरू मानव बस्तीमा आएर दुःख दिने गरेका कारण बालबालिका साथमा बोकी अधिकांश स्थानीय घरमा ताला लगाएर गाउँ नै छोडेर जान बाध्य छन् । त्यसैले गाउँमा अहिले बृद्धबृद्धा, शिक्षक र बालबालिका मात्र छन् । गाउँमा मलामी जाने मान्छे नहुँदा साँफे बगरबाट ट्याक्टर र जिप बोलाएर घाटसम्म लानुपर्ने बाध्यता छ ।

उमेरले नेटो काट्दै गरेका बृद्धबृद्धाहरु मलामी जाने मान्छे समेत छैनन् भन्दै निकै चिन्तित देखिने गरेका छन् । त्यसतै विरामी पर्दा तातोपानी दिने मान्छे समेत नभएको भन्दै उनीहरु दुखेसो पोख्छन । 

साँफे बगर नगरपालिका वडा ११ मा ३ सय ६५ घरधुरी छन् । जसमध्ये २ सय ६० देखि २ सय ७० परिवार गाउँबाट पलायन भइ सकेका छन् । वडा कार्यालयको तथ्यांक अनुसार वार्षिक ५० देखि ६० घरहरू गाउँ छोडेर रोजगारका लागी विदेशिने गरेका छन् । 

गाउ रित्तिदा यस वडा भित्र रहेका विद्यालयमा समेत प्रत्यक्ष असर परेको छ् । यो वडामा एक माध्यमिक र दुई आधारभत विद्यालय छन् । श्री हंसवाहिनी माध्यमिक विद्यालयमा २०८० सालको तथ्यांक हेर्दा २ सय ६२ जना विद्यार्थी भर्ना भएका थिए । तर परिक्षामा २ सय ३६ मात्रै सामेल भए । 

२०८० सालमा २६ जना विद्यार्थीहरूले विद्यालय छोडेका छन्  त्यस्तै २०८१ सालमा १ सय ७१ जना भर्ना हुँदा पहिलो परिक्षामा १ सय ५२ जना विद्यार्थी सहभागी भए । यस पटक १९ जना विद्यार्थी गाउँ छोडेर अन्यत्र गएका छन् । 

खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरहरुले बालीनालीहरु नष्ट गर्दा यहाँका बासिन्दालाई आफ्नै उत्पादनले वर्षभरि खान पुग्दैन । यसकारण पनि जिविकोपार्जनमै समस्या भएपछि स्थानीय गाउँ छोडेर हिड्न बाध्य भएका हुन् । 

प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  ०७:५६




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments