HomeEnglish Newsघनश्यामको दाबी: एमालेमा ओली अल्पमतमा छन्, तर, विरोध गर्न कोही सक्दैनन्

घनश्यामको दाबी: एमालेमा ओली अल्पमतमा छन्, तर, विरोध गर्न कोही सक्दैनन्

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा रहेको दाबी गरेका छन्। शनिवार पार्टीको उपत्यका प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भुसालले यस्तो दाबी गरेका हुन्। 

‘त्यहाँ(एमालेमा) निष्पक्ष भएर भोट गर्ने हो भने ओली अल्पमतमा छन्,’ भुसालले दाबी गर्दै भने,‘यो कुरा सबैले बुझिराख्नुभएको होला। हामी त्यही पार्टीबाट आएको हौँ।’ तर ओली अल्पमतमा भए पनि केही फरक नपर्ने उनले बताए। 

 ‘ओलीजी अल्पमतमा भए पनि केही फरक पर्दैन। त्यहाँ ओलीजीले उठेर बोलेपछि कोही बोल्न सक्दैनन्। ओलीविरुद्ध कोही बोल्ने वाला छैनन्,’ उनले भने। 

एमालेभित्रका नेताहरूको साहस गइसकेको पनि महासचिव भुसालले दाबी गरे । उनले भने, ‘प्वाल परेका खलालीहरू हुन्। सिद्धान्त के हो ओली। ओलीजीलाई जे लाग्यो त्यही सिद्धान्त । उहाँ जहाँ उभिनु हुन्छ त्यही विचार, राजनीति उहाँलाई जे फाइदा हुन्छ।’ 

एमालेमा एक दिन ओलीका चाकरबाहेक कोही नरहने भुसालले दाबी गरे।

प्रकाशित: २६ माघ २०८१ १५:३० शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments