Sunday, April 26, 2026
spot_img
Homeगृहपृष्ठजल पुत्री कलश, विद्यार्थीलाई सघाउन जब गर्दै « News of Nepal

जल पुत्री कलश, विद्यार्थीलाई सघाउन जब गर्दै « News of Nepal


सामाजिक कार्यका लागि आफ्नी छोरी कलश रिमालका साथ काठमाडौं अँएकी अभिनेत्री जल शाह फेरि भेट्ने वाचासहित आज सोमबार अमेरिका फर्किँदै छिन्।

सामाजिक कार्यमा निकै रूचि राख्ने जल एकपटक आफ्नी छोरी कलश रिमालको इच्छामा सामाजिक कार्यका लागि नेपाल अँएकी थिइन्। अमेरिका फर्किनु अघिल्लो दिन जल र कलशले आइतवार राजधानीमा सञ्चारकर्मीमाझ प्रस्तुत हुँदै नेपालमा रहँदा गरेका सामाजिक कार्य र आगामी दिनका केही योजना सुनाए।

कार्यक्रममा जलकी छोरी कलशद्वारा स्थापित शिक्षा फाउण्डेसनमार्फत काभ्रेपलान्चोक जिल्लाका चौ“री देउराली गाउँपालिका ४ मा रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गरेको शैक्षिक, लत्ताकपडा, स्वास्थ्य, खाद्य सामगी्रलगायतका सहयोगबारे श्रव्यदृश्य सामग्री प्रस्तुत गरियो भने सोही स्थानका दुईजना विद्यार्थीको एक वर्षको विद्यालय शुल्कवापतको चेकसमेत हस्तान्तरण गरियो। कक्षा ११ मा अध्ययनरत कलशले केही दिन अघि काभ्रे पुगेर ५५ जना विद्यार्थीलाई आफ्नो पकेट मनी र पार्ट–टाइम जबबाट बचाएको रकमबाट सामग्री सहयोग गरेकी थिइन्।

सञ्चारकर्मी तथा निर्देशक सुरेश दर्पण पोखरेलद्वारा सञ्चालित कार्यक्रममा कलशले आफूलाई नेपालको निकै माया लाग्ने र शिक्षाको क्षेत्रमा सहयोग गर्ने उद्देश्यले फाउन्डेसन शुरू गर्दै विपन्न विद्यार्थीलाई सहयोग गरेका बताइन्।

‘सानैदेखि विभिन्न चाडबाट टिका लगाएको र जन्मदिनको दक्षिणा तथा क्याफेमा पार्टटाइम जब गरेर सहयोग गर्न पाउँदा खुशी लागेको छ। आगामी दिनमा पनि नेपाल आएर यस्तै कार्य गर्दै जाने सोच छ’ कलशले भनिन्। कलश आफूलाई प्रेरणा र हौसला दिने साहित्यकार हजुरआमा स्व. प्रेमा शाह र आफ्नो आमा जलले आफ्नो लागि गरेको त्याग र समर्पण सम्झेर भावविह्वल हुँदा केही बेर कार्यक्रमको माहोल नै भावुक बनेको थियो। उनले विपन्न विद्यार्थीलाई सघाउनकै लागि अमेरिकामा पार्ट टाइम काम गरिरहेको खुलासा पनि गरिन्।

अभिनेत्री जल शाहले आफ्नी छोरीमा समाज सेवाको भाव रहेको र सो पूरा गर्नका लागि आफूले पनि सक्दो साथ दिने बताइन्। उनले विवाहपछि छोरीलाई समय दिनका लागि फिल्मी दुनियाँटाढा रहे पनि अबको दुइ वर्षभित्र फिल्ममा फर्कने योजना रहेको समेत सुनाइन्।

पत्रकार ऋषि धमलाले जल र कलश दुबैमा साहित्यकार प्रेमा शाहको समाज सेवाको गुण रहेको चर्चा गर्दै रिपोटर्स क्लबको स्थापना दिवसको अवसरमा अबदेखि नगद एक लाख रुपियाँसहित प्रेमा शाह साहित्यिक पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरे। पत्रकार प्रकाश सुवेदीले साहित्यकार प्रेमा शाह सबैको लागि प्रेरणाको स्रोत रहेको र सो गुण जल र कलशमा पनि रहेको चर्चा गर्दै कलशलाई फिल्म क्षेत्रमा आएको हेर्न आतुर रहेको बताए।

फिल्म लाज शरणम्का निर्माता नवीन श्रेष्ठले फाउण्डेसनका लागि १ लाख एघार हजार रुपि“या प्रदान गर्दै कलशको अभियानमा सहयोग गरे।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments