Thursday, April 16, 2026
spot_img
Homeगृहपृष्ठदलबीचको सहकार्यले नै गणतन्त्रको रक्षा गर्न सकिन्छ : बाबुराम भट्टराई

दलबीचको सहकार्यले नै गणतन्त्रको रक्षा गर्न सकिन्छ : बाबुराम भट्टराई


काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरूबीचको सहकार्यबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरी अघि बढ्नसके संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका हुन्। राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए।

भट्टराईले अहिले बिभिन्न ढंगले प्रतिगामीहरू सल्वलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए। उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा सङ्कीर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रीक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वानसमेत गरे।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिष्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments