Homeगृहपृष्ठधनकुटामा चेकजाँचबाट भागेको कार दुर्घटनाग्रस्त, ४२१ किलो गाँजा बरामद !

धनकुटामा चेकजाँचबाट भागेको कार दुर्घटनाग्रस्त, ४२१ किलो गाँजा बरामद !






प्रकाशित मिति: बुधबार, बैशाख १७, २०८२   
समय: ४:३०:३५





 

सुनसरी /प्रहरीले धनकुटाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक कार नियन्त्रणमा लिएको छ। कार चेकजाँचका क्रममा भाग्दा दुर्घटनामा परेको हो।

आज बुधबार बिहान साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा कोशी लोकमार्गमा चेकप्वाइन्टमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन बेस, मुलघाटको टोलीले को २ प १७३४ नम्बरको कारलाई रोक्न खोज्दा चालकले तीव्र गतिमा भागेको थियो।

पछ्याइरहेका सुरक्षाकर्मीहरूका अनुसार, तीव्र गतिमा भगाइएको कार अनियन्त्रित भई सडक छेउको भित्तामा ठोक्किँदा दुर्घटनामा परेको हो। चालक फरार भए पनि प्रहरीले कार नियन्त्रणमा लिन सफल भएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सो कारबाट १२ वटा पोकामा प्याक गरिएको झण्डै ४ सय २१ किलो गाँजा बरामद गरिएको छ। बरामद सामग्री र कारलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। प्रहरीले फरार चालकको खोजी तीव्र पारेको छ।

 





RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments