Friday, April 24, 2026
spot_img
Homeगृहपृष्ठनिर्जीवन बीमा कम्पनीको ब्यवसाय ७.८० प्रतिशत बढ्यो, सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स

निर्जीवन बीमा कम्पनीको ब्यवसाय ७.८० प्रतिशत बढ्यो, सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स


काठमाडौं । चालू आवको सात महीनामा १४ निर्जीवन बीमा कम्पनीहरुले कुल रू. २४ अर्ब २७ करोड बराबरको ब्यवसाय गरेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त तथ्याङ्क  अनुसार निर्जीवन बीमा कम्पनीहरुको ब्यवसाय गत आवकोे तुलनामा ७ दशमलव ८० प्रतिशत वृद्धि हो । गत आवको  सात कम्पनीहरुले रू. २२ अर्ब ५१ करोड बराबरको ब्यवसाय गरेका थिए ।  

सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । यस कम्पनीले चालू आवको सात महीनामा रू. ३ अर्ब १३ करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।  यो बीमाशुल्क गत आवको तुलनामा ८ दशमलव १६ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. २ अर्ब ८९ करोड बीमाशुल्क आर्जन गरेको थियो । 

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले रू. २ अर्ब ९३ करोड बीमाशुल्क आर्जन गरेको थियो । 

१४ निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आवको तुलनामा चालू आवमा चार कम्पनीको बीमाशुल्क घटेको छभने बाँकी सबैको बढेको हो । प्रतिशतका आधारमा सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको बीमाशुल्क ४४ दशमलव १६ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीले गत आवमा रू. ८७ करोड ३७ लाख बीमाशुल्क आर्जन गरेकोमा चालू आवमा बढेर रू. १ अर्ब २५ करोड भन्दा बढी पुगेको छ । त्यस्तै दोस्रोमा दि ओरियण्टल इन्स्योरेन्सको ४३ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ । 



 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments