HomeEnglish Newsपूर्वआईजिपीहरूले प्रधानमन्त्रीसँग भने- प्रहरी विधेयक सच्याउनुपर्छ

पूर्वआईजिपीहरूले प्रधानमन्त्रीसँग भने- प्रहरी विधेयक सच्याउनुपर्छ

प्रहरीका पूर्वमहानिरीक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रहरी विधेयक सच्याउन माग गरेका छन्।

बिहीबार (आज) साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पुगेका उनीहरूले प्रधानमन्त्री ओलीलाई विधेयक सच्याउन माग गरेका हुन्।

बालुवाटार पुग्ने पूर्वमहानिरीक्षकहरूमा अच्युतकृष्ण खरेल, मोतिलाल बोहरा, उपेन्द्रकान्त अर्याल र धिरज प्रताप सिंहलगायत थिए।

उनीहरूले विधेयकमा चार विषय सच्याउन भनेका छन्। प्रहरीलाई गृह मन्त्रालयले परिचालन गर्ने प्रस्ताव, प्रजिअले परिचालन गर्ने र अंक दिने प्रस्ताव, सशस्त्रलाई सूत्र परिचालन तथा लागूऔषध, मानव बेचबिखन र सङ्गठित अपराध नियन्त्रणको अधिकार दिने प्रस्ताव सच्याउन माग गरेका छन्।

उनीहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी परिचालन गर्नेगरी विधेयकमा भएको व्यवस्था हटाउन माग गरेका हुन्।

प्रहरी ऐन–२०१२ तथा समायोजन तथा सुपरिवेक्षण ऐन–२०७६ मा प्रहरीको परिचालन नेपाल सरकारले गर्ने व्यवस्था छ। पूर्व आईजीपीहरुले प्रहरी परिचालन ‘नेपाल सरकारले गर्ने’ व्यवस्था राख्न माग गरेका हुन्। 

प्रकाशित: २ फाल्गुन २०८१ २२:०० शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments