Tuesday, April 21, 2026
spot_img
HomeEnglish Newsप्रकृतिको परिवारसँग भेटेर शेखर कोइरालाले के भने ?

प्रकृतिको परिवारसँग भेटेर शेखर कोइरालाले के भने ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसाको केआईआईटी कलेजमा भएको दुखद्‌ घटनामा परि निधन भएकी प्रकृति लम्सालको परिवारसँग भेटेर घट्नाको निष्पक्ष छानबिन गरि दोषीलाई हदैसम्मको कारबाहीको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकिएको बताएका छन्।

रुपन्देहीको भैरहवा स्थित रहेको उनको निवासमा पुगेर कोइरालाले प्रकृतिको बुवा, आमा, हजुरबुबा र भाइलाई भेटेर नेपाल सरकार र कांग्रेस पार्टीले यस घट्नालाई अत्यन्तै गम्भीर रुपमा लिएको बताए।

कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विधार्थीहरुलाई सहजता पूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनको लागि आवश्यक पहल भइरहेको पनि बताए।

लम्सालको परिवारलाई भेट्न कोइराला सह-महामन्त्री जीवन परियार, सङ्घीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।

प्रकाशित: १७ फाल्गुन २०८१ १८:३३ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments