HomeEnglish Newsप्रादेशिक कार्यसम्पादन मूल्याङ्कन: सुदूरपश्चिम पहिलो, मधेस अन्तिम

प्रादेशिक कार्यसम्पादन मूल्याङ्कन: सुदूरपश्चिम पहिलो, मधेस अन्तिम

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश पहिलो भएको छ।

दूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अङ्क पाएको छ। यसअघि ऊ पाँचौँ स्थानमा थियो।

अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश भने दोस्रोमा खुम्चिएको छ। कोशीले ५०.९ अङ्क प्राप्त गरेको छ।

तेस्रो स्थानमा रहेको बागमतीले ४५.६ अङ्क पाएको छ। ४१.६ अङ्क पाएको कर्णाली चौथो, ४०.८ अङ्क पाएको गण्डकी पाँचौँ, ३५.९ अङ्क पाएको लुम्बिनी छैटौँ र ३० अङ्क पाएको मधेश अन्तिम भएको छ।

आयोगले विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगतिलगायतका सूचकहरूका आधारमा मूल्याङ्कन गर्छ।

प्रकाशित: २ फाल्गुन २०८१ १९:०८ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments