HomeEnglish Newsमन्दिरको गेट निर्माण गर्दा च्यापिएर मृत्यु

मन्दिरको गेट निर्माण गर्दा च्यापिएर मृत्यु

रुकुम–पश्चिमको मुसिकोट नगरपालिका–४, मुसीडाँडामा मन्दिरको गेट निर्माणका क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ।

मुसिकोट–४ का ५८ वर्षीय खीमबहादुर गिरीको गेटले च्यापिएर मृत्यु भएको हो। आज दिउँसो मुसीडाँडास्थित मन्दिरको पुरानो गेट भत्किँदा गिरी च्यापिएर मरेको जिल्ला प्रहरी कार्यालय, रुकुम–पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले बताए।

उनका अनुसार घटनाको खबर पाउनासाथ प्रहरी निरीक्षक पाठकको नेतृत्वमा आठ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको पाठकले जानकारी दिए। रासस

प्रकाशित: ६ वैशाख २०८२ १६:०१ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments