Friday, April 17, 2026
spot_img
Homeगृहपृष्ठसशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता RD Creation

सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा उच्च सतर्कता RD Creation


काठमाडौं : पछिल्लो क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ। अवैध घुसपैठ रोक्न भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा संयुक्त गस्ती, सूचना आदान–प्रदान र २४ सै घण्टा पट्रोलिङलाई तीव्र पारिको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार, सीमा क्षेत्रका सबै बाहिनीपतिहरूलाई विशेष निर्देशन दिइएको छ। बाहिनी मुख्यालयहरूले सुरक्षा योजना कार्यान्वयन गरिरहेका छन्। सीमामा आवतजावत गर्नेहरूको परिचयपत्र जाँच, अभिलेख राख्ने र शङ्कास्पद स्थानहरूमा सूक्ष्म निगरानीलाई कडाइ गरिएको उनले सुनाए।

साथै, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचना सङ्कलन र निगरानी कार्यलाई प्रभावकारी बनाइएको छ। नेपाल–भारत सीमाको परम्परागत आवतजावतलाई सहज बनाउन सचेत रहँदै सहजीकरण गरिएको डिएसपी थापाले जनाए। साथै, शहरी क्षेत्रका संवेदनशील स्थानहरूमा पनि निगरानी बढाइएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments