Homeगृहपृष्ठ१० रुपैयाँको चुरोटलाई ३० र हजारको रक्सीलाई तीन हजार पुर्‍याऔं : मन्त्री...

१० रुपैयाँको चुरोटलाई ३० र हजारको रक्सीलाई तीन हजार पुर्‍याऔं : मन्त्री पौडेल RD Creation


भक्तपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रतिखिल्ली १० रुपैयाँ पर्ने चुरोटको मूल्य ३० रुपैयाँ पुर्‍याउन प्रस्ताव गरेका छन्। साथै प्रति बोतल एक हजार रुपैयाँ मूल्य रहेको रक्सीलाई तीन हजार पुर्‍याउन पनि उनले प्रस्ताव गरेका छन्।

नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मध्यपुर थिमीको सोमबार भक्तपुरमा भएको १७औं स्थापना दिवस समारोह तथा ब्लड बैंक शुभारम्भ गर्दै मन्त्री पौडेलले यसरी प्राप्त भएको रकममध्ये केहीलाई स्वास्थ्य बिमामा पठाउन सकिने बताए। यसो भयो भने मात्रै स्वास्थ्य बिमाले जीवन्तता पाउने नत्र स्वास्थ्य बिमा नै खारेज गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए। उनले स्वास्थ्य बिमालाई एक लाखबाट पाँच लाख पुर्‍याउन मन्त्रालयले गरिरहेको विभिन्न तयारीबारे पनि चर्चा गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, उपपमेयर अन्जानादेवी मधिकर्मीलगायतले स्वास्थ्य क्षेत्रका विविध विषयमा चर्चा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments