Monday, April 20, 2026
spot_img
Homeगृहपृष्ठ१६ स्पर्धामा २८ विद्यालयको प्रतिस्पर्धा

१६ स्पर्धामा २८ विद्यालयको प्रतिस्पर्धा


बराहक्षेत्र नगरपालिकाका २८ वटा विद्यालयको सहभागितामा छैठौं बराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता-२०८१ को शुभारम्भ गरिएको छ । 

नगर प्रमुख रमेश कार्कीले शुक्रबार बराहक्षेत्र-७ स्थित वसन्तऋतु माविको प्राङ्गणमा छेलो फ्याँकेर प्रतियोगिताको उद्घाटन गरे । 

IMG_20250214_135119

नगर शिक्षा समिति बराहक्षेत्रको संयोजनमा बराहक्षेत्रमा रहेका २८ माध्यमिक विद्यालयले एथलेटिक्स, मार्सलआर्ट्स, भलिबल र कबड्डी विधाका विभिन्न वर्ग, उमेर तथा तौल समूहमा १६ वटा स्पर्धामा प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति संयोजक तथा वडा न ७ का वडाध्यक्ष कपिल आचार्यले जानकारी दिए । 

IMG_20250214_135144

गत वर्ष १२ स्वर्ण, ९ रजत र ६ कास्य पदकसहित बराहक्षेत्र-५ स्थित जगन्नाथ डेडराज जनता माविले प्रथम स्थान हासिल गरेको थियो । यस्तै ६ स्वर्ण, ६ रजत र ११ कास्यसहित बराहक्षेत्र-२ स्थित आदर्श मावि दोस्रो, ४ स्वर्ण, २ रजत र २ कास्य पदकसहित तेस्रो स्थान हासिल गर्न सफल भएको थियो । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments