Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठअतिथी कलाकार द्वय मेलिना राई र रमेशराज भट्टराई भोलि दिउँसो ४:३० मा...

अतिथी कलाकार द्वय मेलिना राई र रमेशराज भट्टराई भोलि दिउँसो ४:३० मा कुवेत अवतरण हुने

दिलकुमार पाख्रीन/ २० फेब्रुअरी, कुवेत। चितवन सेवा समाज कुवेतद्वारा आयोजना हुने कार्यक्रम “चितवन धमाका-३” का लागि अतिथि कलाकार मेलिना राइ र रमेशराज भट्टराई भोलि दिउँसो ४:३० मा कुवेत आइपुग्ने भएका छन। भोलि बिहान १० बजे फ्लाइट नं. G9530 द्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भर्दै ५ घन्टाको निरन्तर उडानपछी स्थानिय समय अनुसार १:१५ मा युएईको सारजास्थित सारजा अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन।

लगभग दुई घन्टाको ट्रान्जिट पछि स्थानिय समय अनुसार दिउँसो ३:२० मा G9127 को फ्लाइटबाट कुवेतको लागि उडान भर्नेछन। उनिहरु कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४:०५ मा अवतरण हुनेछन। तर आयोजकले अतिथी कलाकारहरुलाइ स्वागत गर्न कुवेतमा सक्रीय विभिन्न मिडियाकर्मी, एन आर एन ए, संघ संस्था, तथा कुवेतमा कार्यरत नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ आन्तरिक ढिलाइ हुने बताउँदै ठिक दिउँसो ४:३० बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिको लागि अनुरोध गरेका छन।

साथै शुक्रबार २२ फेब्रुअरीको दिन समेत कुवेतमा कार्यरत सम्पुर्ण दाजुभाइ दिदिबहिनिहरुलाइ कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरेका छन।

अतिथी कलाकारहरु २३ फेब्रुअरीका दिन साँझ ८ बजे G9124 फ्लाइटद्वारा सारजा हुँदै नेपाल फर्कनेछन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments