Sunday, November 9, 2025
spot_img
Homeगृहपृष्ठअब कुवेतमा आगो बाल्ने पालो राई इज किङ राजेश पायल राइको

अब कुवेतमा आगो बाल्ने पालो राई इज किङ राजेश पायल राइको

दिलकुमार पाख्रीन/२५ फेब्रुअरी, कुवेत। झन्डै १९९० तिरबाट फाट्टफुट्ट नेपालिहरुको रोजगारिको गन्तव्य बनेको कुवेत २००२ तिर सम्म आइपुग्दा बाहिर फेर घुमफिर गर्दा कहिँ कतै नेपालिहरुको भेटघाट हुने गर्दथ्यो। २००२ को इराकद्वारा कुवेतमाथिको हमाला पश्चात् कुवेत बेरोजगार नेपालिहरुको लागि खाडिकै उत्कृष्ट वैदेशिक रोजगारिको गन्तबय बन्यो। २००७/८ तिर आइपुग्दा एक दुइटा संघ संस्थाहरु भेटिन्थ्यो। ईन्टरनेटको पहुँच राम्रो नभएको र महंगो टेलिफोन शुल्कले गर्दा पनि नेपालिहरुको भेटघाट पातलो बन्थ्यो। २०१० मा नेपाली दूतावासको स्थापना भयो। त्यत्तिबेला सम्ममा दर्जनौँ संघ संस्थाहरुको स्थापना भैसकेको थियो। २०१०/१२/१५ हुँदै आज २०१९ सम्म आइपुग्दा विभिन्न संघ संस्थाद्वारा आयोजना हुने सांगितिक कार्यक्रमहरुमा धेरै कलाकारहरुले कुवेत टेकिसकेको छ। नेपालका नाम चलेका कलाकारहरु कुवेत न आएका सायदै होलान। चाहे त्यो इन्टरटेनमेन्टको लागि होस चाहे च्यारिटी शो को लागि धेरै कलाकारहरु कुवेत आइसकेका छन। कति पय कलाकारहरुले त पटक पटक कुवेत आउने अवसर समेत पाइरहेका छन। तिनै पटक पटक कुवेत आउने कलाकारहरु मध्यका एक अत्यन्तै चर्चित कलाकार हुन राजेश पायल राई।

नेपाल कुवेत सरोकार समाज कुवेतले राजेश पायल राइलाइ पुनः कुवेत हल्लाउने जिम्मा दिएका छन। नेपालिहरुको नयाँ बर्षको अवसर पारेर नेपाल कुवेत सरोकार समाजले हरेक बर्ष शुभकामना आदानप्रदान कार्यक्रम नेपालबाट आमन्त्रित अतिथी कलाकारहरुको साथमा आयोजना गर्ने गरेका छन। यसपालीको कार्यक्रम नेपालका अत्यन्तै ख्यातिप्राप्त कलाकार राई इज किङ राजेश पायल राइको साथमा नयाँ बर्ष मनाउने निर्णय सरोकार समाज कुवेतले गरेको छ।

आगामी अप्रील १९ तारिक शुक्रबारका दिन ज्लिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको हलमा उक्त कार्यक्रम हुने सरोकार समाज कुवेतका नव निर्वाचित अध्यक्ष राम तामाङले बताएका छन। नेपालिहरुमा आफ्नो संस्कृति भन्दा बाहिरी देशका संस्कृतिहरुले बढी प्रभाव पारेको बेला नेपाली नयाँ बर्ष लोपोन्मुख बनेको छ। त्यसलाइ बचाउने प्रयास पनि हो। बैशाख एक गत्तेलाइ नेपाली नयाँ बर्षको रुपमा मानिन्छ। तर अहिले त बैशाख एक गत्ते कति तारिक पर्छ भन्ने क्यालेन्डर नै खोज्नु पर्ने बेला भएको छ। नेपालमा अधिकांश मान्छेहरुले मोबाइल चलाउने हुँदा मोबाइलमा अंग्रेजी मिति आउने हुँदा नेपालको गत्ते भन्दा तारिक याद रहने गरेको पाइन्छ। सायद त्यही कारण पनि होला नयाँ बर्ष हराउँदै जानुको एउटा पक्ष। तर त्यसलाइ निरन्तरता दिन सबै नेपालिको कर्तव्य बन्दछ। त्यही कर्तव्यबोध गर्दै नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो। सरोकार समाजले बिगतमा बिजय लामा, ज्योती मगर, सावित्री जोशी, डम्बर नेपाली जस्ता ख्यातिप्राप्त कलाकारहरुलाई कुवेतमा स्थान दिइसकेका छन।

अध्यक्ष तामाङले कुवेतमा सक्रिय सबै संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक तथा मानविय कार्यमा लम्किन पर्ने बताउँदै उक्त दिन कार्यक्रम नजुधाइदिन सबै संघ संस्थाहरुलाइ अनुरोध गरेका छन। उनले उक्त दिन कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनको लागि कुवेतबाट सञ्चालित विभिन्न मिडियाहरु, संघ संस्थाहरु तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ अनुरोध गरेका छन।

पुनश्च:

कार्यक्रम: नयाँ बर्षको शुभकामना आदानप्रदान
मिति: १९ अप्रील शुक्रबार २०१९
स्थान: नटिङ्घम ब्रीटिश स्कुल ज्लिव
समय: ११: बजे बिहान
आयोजक: नेपाल कुवेत सरोकार समाज कुवेत

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments