आर डि क्रीएशन/०७ मे कुवेत। मिडियाद्वारा सञ्चालित अरबनेपाल डटकमले साउदीमा तेश्रो वार्षिकोत्सव मनाइएको छ । मिडियाले शुक्रबार मे ३ मा दमामस्थित अल खयाम रेस्टुरेन्टमा दूतावास नियोग उपप्रमुख बिदाइ र एनए मिडिया समाजसेवी वर्ष व्यक्तित्व २०१९ को घोषणगरी वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रमका अतिथि प्रमुख साउदीका लागि नेपाली राजदूत प्रा.डा.महेन्द्र सिं राजपुतले शुभकामना मन्तव्यका क्रममा साउदीमा रहेका नेपाली माझमा एनए मिडिया परिचित रहेको बताए । उनले आगामी दिनमा पनि श्रमिकहरुको मुद्दालाई यसैगरी बढाउदै जानुपर्ने बताए । दूतावास नियोग उपप्रमुखको बिदाई कार्यक्रम समेत राखेकाले दूतावास एनएमिडियाको ऋणी छौं,उनले भने ।
एनए मिडियाले नियोग उपप्रमुख शर्मा र उनको पत्नी रमा शर्मालाई दोसल्ला ओढाई कदरपत्रद्वारा सम्मानको साथमा बिदाई गरिएका थिए । त्यसैगरी अन्तर संस्था समन्वय समिति, फ्रेन्ड्स अफ नेपाल, स्याङ्जा सहयोग समाज, नेपाली साझा मंच, प्रबासी नेपाली सहयोग युवा मंच, प्रबासी नेपाली युवा समुह, तमु धी, हेल्प मधेसी, मगर संघ, किरांँत राई यायोक्खा, युवा कुमाल समाज, प्रबासी नेपाली एकता समाज लगायतका संस्थाका प्रतिनिधिहरुले ब्यानरसहित दोसल्ला ओढाई, कदरपत्र प्रदान गरी बिदाई गरेका थिए ।
कार्यक्रममा नियोग उपप्रमुख शर्माले एनए मिडियाले गरेका सम्मान तथा बिदाइका लागि धन्यवाद दिए । उनले साउदीमा रहेका नेपालीहरुको पीडा र दुखमा मलम लगाउने इच्छा हुदाहुदै पनि आफ्ना कार्यकाल सकेका कारण नेपाल फर्किनुपर्ने बाध्यता भएको बताए । उनले थपे,नेपाल फर्के पनि साउदीमा रहेका संघसंस्था,पत्रकार,व्यवसायी,समाजसेवी र विभिन्न पेशामा आबद्ध नेपालीहरले गरेका सहकार्यलाई जीवन्त दिने छु । मिडियाका प्रधान सम्पादक श्रीकृष्ण श्रेष्ठ, समन्वय समितिका पुर्वाध्यक्ष मोहन बीएसके, सल्लाहकार कमल देव शाह, महासचिब सुर्य श्रेष्ठ, प्रबक्ता बाल कृष्ण पंगेनी, जनसम्पर्क संयोजक रबि राई थुलुंग लगायतले शुभकामना तथा बिदाइ मन्तब्य राखेका थिए ।
तमु धिका अध्यक्ष खेम गुरुङले शर्मालाई तमु ल्होसारका क्रममा लिएका तस्वीर फ्रेमसहित मायाको चिनो स्वरुप प्रदानका थिए । त्यसैगरी एनए मिडियाले समाजसेवी वर्ष व्यक्तित्व २०१९ काभ्रे सेवा समाजका अध्यक्ष तथा कार्गो सञ्चालक जेन कुमार लामालाई घोषण गरेका थिए ।
कार्यक्रममा कलाकारहरु राज यात्री, पुतली तामाङ, इस्लम मिया,दिच्छा थापा लगायतको बेजोड प्रस्तुति दिएका थिए ।
ढल बहादुर थापा सभापति रहेका कार्यक्रमलाई रोशन एन श्रेष्ठले सञ्चालन गरेका थिए । बिदाइ भएका नियोग उपप्रमुख शर्मा बुधबार आफ्ना ४ बर्षे कार्यकाल सकेर नेपाल फर्किदै छन् ।