Skip to main content

Rd Creation

अर्को सुचना जारी नभएसम्म विदेशी नागरिकहरुलाइ कुवेत आगमन रोक यथावत।

आर डि क्रीएशन/२१ फेब्रुअरी, कुवेत। कुवेत सरकारले गत दुई हप्ताको लागि भनेर विदेशी यात्रुहरुलाइ गरेको आगमन रोक अर्को सुचना जारी नहुँदा सम्मको लागि यथावत कायम रहने भएको छ। पछिल्लो केही दिनमा २१ फेब्रुअरीबाट कुवेत आगमन फुकुवा गर्ने निर्णयलाई बदर गर्दै स्वास्थ्य अधिकारिहरुको सल्लाह अनुसार सो बन्द अर्को सुचना जारी नहुँदासम्मको लागि यथावत रहने हिजो २० फेब्रुअरीका दिन अरवटाइम्स कुवेतले समाचार छापेको छ। समाचारमा कुवेती नागरिकहरु र घरेलु कामदारले मात्र कुवेत प्रवेश गर्न पाउने र विमानस्थलबाटै होटल क्वारेन्टिन जानुपर्ने उल्लेख गरिएको छ।

Advertisements

निक्कै लामो समयदेखि कुवेत सरकारले कोरोना भाइरस संक्रमित तिब्र रुपमा बढिरहेको नेपाल सहित ३५ देशलाइ सिधा उडानद्वारा ब्यान्ड गरेको थियो। कुवेत सरकारको गरेको पछिल्लो निर्णयले ती प्रतिबन्धित राष्ट्रहरुबाट पनि २१ फेब्रुअरी पश्चात सिधा उडानद्वारा कुवेत आउन सक्ने निर्णय गरेको थियो। तर कोरोना भाइरस संक्रमितको तिब्रता सोही गतिमा रहेकोले कुवेत आगमनको रोक अर्को सुचना जारी नहुँदासम्मका लागि यथावत रहेको समाचार स्रोतमा उल्लेख छ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.