Thursday, February 12, 2026
spot_img
Homeगृहपृष्ठअर्नखरी दमक, झापाकी राधा धिमालको कुवेतमा निधन

अर्नखरी दमक, झापाकी राधा धिमालको कुवेतमा निधन

राम्रो दृष्टि/ ६ मे, कुवेत। अर्नाखरी, दमक झापाकी राधा धिमालको गत एक मे शनिबारका दिन उपचारको क्रममा कुवेतमा निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिए पछि कुवेतको आदान हस्पिटल पुगेकी धिमालको उपचारकै क्रममा निधन भएको नेपाली दूतावासले जानकारी दिएको छ। उनी केही बर्षदेखि कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत थिइन। तर विगत ८ महिनादेखी उनी घर मालिकको घरबाट भागेर अवैधानिक रुपमा लुकिछिपी काम गरिरहेकि थिइन।

08938694 नम्बरको राहदानी वाहक उनी कुवेत आउँदा समेत लुकिछिपी श्रम स्वीकृति नलिइ भारतको बाटो आएकोले उनको शव पठाउनमा समस्या भएको छ। श्रम स्वीकृति नलिइ विदेशमा मृत्यु हुनेहरुको हकमा नेपाल सरकारको वैदेशिक रोजगार विभागबाट कुनै किसिमको क्षेतिपुर्ती वा विमा नपाउने प्रावधान छ। यश अघि पनि त्यस्ता शवहरु पठाउन विभिन्न संघ संस्था तथा सामाजिक अभियान्तहरुले चन्दा संकलन गरेर पठाइरहेको थियो। मृतक राधा धिमालको भने परिवारले नै उनको शव पठाउन लाग्ने खर्च ब्यबस्था गर्ने भएको जानकारी झापाली समाज कुवेतका उपाध्यक्ष राजु धिमालले राम्रो दृस्टिलाइ दिएको छ।

परिवारबाट शव नेपाल पठाउन लाग्ने खर्चको व्यवस्था भए पनि नेपालमा अन्तर्राष्ट्रिय विमानस्थल बन्द रहेकोले शव पठाउन ढिलाइ हुने भएको छ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments