7.1 C
Kathmandu
Wednesday, January 22, 2025
Wednesday, January 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठअल मुजैनी एक्...

अल मुजैनी एक्सचेञ्जको ११३ औँ शाखा मैदान हवाल्लिमा उद्घाटन ।

राम्रो दृष्टि ल/ ०८ अप्ट्रील, कुवेत। मुजैनी एक्सचेन्जले आफ्नो ११३ औं शाखाको मैदान हवालीमा शुभारम्भ गरेको छ । कुवेतको ११३ औं शाखा र मैदान हवाली शहरको तेश्रो शाखाको रूपमा गत अप्रैल १ तारिकको दिन मैदान हवालीको ब्लाक ११, भवन नं. १३ मा अल मुजैनी एक्सचेन्जका महाप्रबन्धक हग फर्नान्डिजले उद्घाटन गरेका हुन् ।


११३ औं शाखा उद्घाटन गर्दै महाप्रबन्धक फर्नांडिसले वित्तीय सेवा सबैको पहुँचमा पुर्‍याउने हाम्रो उद्देश्य हो भन्दै कुवेत भर हाम्रो मजबूत नेटवर्कको साथ अल मुजेनी डिजिटल भुक्तानी एप स्टोर, गुगल प्ले र एप ग्यालरीमा उपलब्ध रहेको बताउँदै अल मुजैनी डिजिटल भुक्तानी प्लेटफर्म मार्फत अत्यन्त सुरक्षित र एक क्लिकमा नै छिटो छरितो रूपमा अाफन्तजन र प्रियजनलाइ रकम पठाउने व्यवस्था गरेको बताए । अल मुजैनीको डिजिटल प्लेटफर्म मार्फत नयाँ ग्राहक पंजीकरण, फोन सम्पर्कबाट नयाँ लाभार्थी थप्ने देखि वेस्टर्न यूनियन स्थानान्तरण र रेट अलर्टहरू केवल केहि क्लिकमा, कहिँ पनि, कुनै पनि समय सेवा लिन सकिने उनले बताए।

“हाम्रो कडा नेटवर्क बलियो हुँदै गइरहेको छ” “जहाँ तपाइं त्यहाँ अल मुजैनी एक्सचेन्ज” भन्ने नाराको साथ अघि बढिरहेको अल मुजैनी एक्सचेन्ज कुवेतको पुरानो मध्येको एक र सबैभन्दा धेरै शाखा भएको तथा विश्वासिलो एवं भरपर्दो एक्सचेन्ज हो । मैदान हवालीमा खोलिएको उक्त नयाँ शाखाले ग्राहकहरुलाई इन्स्टन्ट बैंक ट्रान्सफर, द्रुत पैसा स्थानान्तरण, विदेशी मुद्रा विनिमय र कर्पोरेट/व्यापार स्थानान्तरण सेवाहरू छिटो छरितो रूपमा हप्ताको सातै दिन सेवा दिनेछ ।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://rdcreationonline.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments