Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठआगामी शुक्रबार राई इज किङ राजेश पायल राइको धमाकेदार प्रस्तुती कुवेतमा

आगामी शुक्रबार राई इज किङ राजेश पायल राइको धमाकेदार प्रस्तुती कुवेतमा

दिलकुमार पाख्रीन/१५ अप्रील, कुवेत। नेपाल सरोकार समाज कुवेतले आगामी शुक्रबार नेपाली नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान गर्ने हेतुले कुवेतमा एक बिशेश सांगीतिक धमाका “मेगा म्युजिक” कार्यक्रमको आयोजना गर्ने भएका छन। कार्यक्रममा धमाका मच्चाउन नेपालबाट नेपाली दर्शक तथा स्रोताहरुले अत्यन्तै रुचाइएका गायक राई इज किङ राजेश पायल राई आगामी १७ तारिक बुधबार कुवेत आउँदैछन।

राजेश पायल राई भन्ने बित्तिकै पक्कै दर्शकहरुको उपस्थितिले हल खचाखच हुनेमा धेरै विश्वस्त छन। त्यसो त नेपाल कुवेत सरोकार समाजले हरेक नेपाली नयाँ बर्षमा आयोजना गर्ने गरेको कार्यक्रममा पनि दर्शकको कमि थिएनन। चाहे त्यो ज्योती मगर र बिजय लामा अतिथी कलाकार आउँदा होस चाहे डम्बर नेपाली र सावित्री जोशी आउँदा नै होस।

तर यसपाली कुवेतमा खोलिएका जातिय, राजनैतिक, साँस्कृतिक, सामाजिक तथा धार्मिक संस्थाहरुले हरेक हप्ता जस्तो भ्याइ नभ्याइ प्रतिस्पर्धात्मक शैलीमा नेपालबाट अतिथी कलाकारहरुको साथमा आयोजना गर्ने गरेको कार्यक्रमले राजेश पायल राइको कार्यक्रममा दर्शकको उपस्थितिमा कतिको असर गर्ला? हेर्न अझै चार दिन कुर्नुपर्ने छ।

सो मेगा म्युजिकमा आफ्नो धमकेदार प्रस्तुतिहरुको भारी बोकेर मेगा स्टार सिङ्गर राइ आगामी १७ तारिक बुधबार दिउँसो १:४० मा एयर अरेबियाको उडान नं G9 532 द्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौबाट सारजाको लागि उडान भर्नेछन। झन्डै ४ घन्टा २५ मिनेटको लामो उडान पछि स्थानिय समय अनुसार ४:२० मा सारजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन। त्यसपछी पुन: उडान नं G9 123 द्वारा झन्डै एक घन्टा ३५ मिनेट लामो उडान भर्दै सोही दिन साँझ ७:२० मा कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन।

आयोजक नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङका अनुसार कार्यक्रमको तयारी पूरा भएको छ। नेपालबाट निक्कै ख्यातिप्राप्त कलाकार अतिथी कलाकारको रुपमा आउने भएकोले सुरक्षामा पनि त्यत्तिकै कडाइ गरिएको छ। तसर्थ यो कार्यक्रमलाई पनि हामी सबैको कार्यक्रम सम्झी कुनै पनि किसिमको मध्य्पान नगरी कार्यक्रममा मर्यादित भइ उपस्थित भएर मनोरञ्जन गर्नुहुन अध्यक्ष तामाङले अनुरोध गरेका छन।

अतिथी कलाकार आइतबार एयर अरेबियाको उडान नं G9 126 द्वारा बिहान ९:४० बजे सारजा हुँदै नेपाल फर्कनेछन।

बिस्तृत जानकारिका लागि भिडियो हेर्नुहोस

https://youtu.be/_2dAwwcVULA
विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments