Friday, March 6, 2026
spot_img
Homeगृहपृष्ठआदिवासी जनजाती महासंघ कुवेतले दूतावासको मार्फत प्रधानमन्त्री कार्यलमा ज्ञापन पत्र बुझायो

आदिवासी जनजाती महासंघ कुवेतले दूतावासको मार्फत प्रधानमन्त्री कार्यलमा ज्ञापन पत्र बुझायो

आर डि क्रीएशन/१७ डिसेम्बर, कुवेत। आदिवासी जनजाती महासंघ कुवेतले आदिवासी जनजातिहरुको राष्ट्रिय चाडमा पाउने गरेको सार्वजनिक बिदा कटौती गरेको सम्बन्धमा घोर भर्त्सना सहितको ज्ञापन पत्र नेपाली दूतावास कुवेतको मार्फत प्रधानमन्त्रीको कार्यलयलाइ बुझाएको छ। नेपाल आदिवासी जनजाती महासंघ केन्द्रले सार्वजनिक बिदा प्रातिको लागि राजधानीको विभिन्न ठाउँहरु र अधिराज्यभरिबाट आन्दोलन र दबाव सुरु गर्दै गर्दा कुवेतबाट पनि सार्वजनिक बिदा काटेको प्रती घोर भर्त्सना गर्दै यो दवाव सहितको प्रेस बिज्ञप्ती बुझाएको छ। आदिवासी जनजाती महासंघको गत नोभेम्बर ३० तारिकको तेस्रो ऐतिहासिक अधिवेशनबाट बनेको नयाँ कार्यसमितिले यो ज्ञापन पत्र बुझाएको हो। त्यसो त आदिवासी जनजाती महासंघका प्रवास शाखाहरुले पनि धमाधम दबाव सहितको बिज्ञप्ती त्यहाँस्थित दूतावासमा बुझाइरहेका छन।

आज नेपाली दूतावास कुवेतमा बुझाइएको ज्ञापन पत्रमा अध्यक्ष अमृत तामाङले हस्ताक्षर गरेका छन। उक्त विज्ञाप्ती पत्र कुवेतका लागि नेपाली दूतावासका महामहिम राजदूत यज्ञबहादुर हमाल र प्रथम सचिव भोगेन्द्र लिंदेनलाइ नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ ,सुनुवार सेवा समाजका कार्यबाहक अध्यक्ष लाल बहादुर सुनुवार , तामाङ संस्कृती घेदुङका अध्यक्ष हिमाल लामा, संघीय समाज कुवेतका महासचिव लोक याम्फु खाखुरा किराँत , आदिवासी जनजाति महासंघ कुवेतका सदस्य हर्क मोक्तान ,सुनुवार सेवा समाज कुवेतका सदस्य पुजा सुनुवार , सुश्मिता सुनुवार ,सलिना सुनुवार लगातको उपस्थितिमा हस्तान्तरण गरिएको छ।

अध्यक्ष अमृत तामाङ्द्वारा हस्ताक्षरित पत्रमा समान हकाधिकार र सबै जाती धर्म लिंगले स सम्मान आफ्नो चाड पर्व मनाउन पाउनुपर्ने माग राख्दै राज्यले यस्तै विभेद गरिरहे आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ। ५२ देखि ६२ सम्मको सशस्त्र जनयुद्ध र त्यसपछी ६२/६३को जन आन्दोलनले प्राप्त गरेको उपलब्धिहरुलाइ माटोमा मिलाउँदै आदिवासी जनजातिहरुलाइ झन दमन र उत्पिडनमा पार्न राज्यले हेपाह प्रवृत्ती गरेको कुरा विज्ञप्तिमा उल्लेख छ।
ज्ञ्ञापन पत्र हेेेर्ननुहोस जस्ताााा त्यस्तै;

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments