Thursday, January 22, 2026
spot_img
Homeगृहपृष्ठआदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासिक अधिवेशन सप्पन्न अध्यक्षमा अमृत तामाङ

आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासिक अधिवेशन सप्पन्न अध्यक्षमा अमृत तामाङ

आर डि क्रीएशन (राम्रो दृस्टी)/ १ डिसेम्बर, कुवेत। आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो अधिवेशन सम्पन्न भएको छ। कुवेतको फर्वानिया स्थित आइडितल अडिटोरियम हलमा सम्पन्न तेस्रो अधिवेशनले अमृत तामाङलाइ अध्यक्ष चयन गरेका छन। अधिवेशनमा मनु भुजेल मगरको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो।

नैनाकला राई र दिलकुमार पाख्रीनले संयुक्त सञ्चालन गरेको उक्त ऐतिहासिक अधिवेशन कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगर प्रमुख अतिथि हुनुहुन्थ्यो भने सभापतित्वमा बलबहादुर काम्बाङ थिए। मन्जित राइले स्वागत मन्तव्य दिँदै सुरु गरेको कार्यक्रममा तमु समाज कुवेतका निवर्तमान अध्यक्ष खोप गुरुङ, कोशेली न्युजका अध्यक्ष मनु भुजेल मगर, खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष प्रेम कटुवाल, नेफेसो कुवेतका प्रवक्ता राज कुमार राई, तथा प्रमुख अतिथी नेपाली दूतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए। मन्तव्य राख्ने क्रममा द्वितीय सचिव ज्ञानबहादुर मगरले पछिल्लो समयमा कुवेतमा विवादित बनेको कुवेतमा कार्यरत नेपालिहरु बिदामा नेपाल जाँदा अनिवार्य श्रम स्वीकृति पत्र लिन पर्ने र उक्त पत्र लिनका लागि एउटै कम्पनिमा रहेवापत ४ कुवेती दिनार र कम्पनी फेरबदल भएको खन्डमा १७ कुवेती दिनार शुल्क लाग्ने सम्बन्धमा स्पष्ट पार्नुभएको थियो। वहाँले, सामाजिक सञ्जालमा आए जस्तो दूतावासबाट नभएको र अनिवार्य लिनै पर्छ भन्ने नरहेको बताउनु भयो। यश बिसयमा गत सालसम्म वोर्क पर्मिट भिसामा कार्यरत नेपालीहरु बिदामा जाँदा दूतावासले निशुल्क श्रम स्वीकृति पत्र बितरण गर्ने गरिएको थियो भने पछिल्लो समयमा अनिवार्य नभनिएता पनि शुल्क लाग्न थालेको छ। यद्यपि यश बिसयमा अनिवार्य गर्ने वा नगर्ने भन्ने बिसयमा नेपाल सरकारले नेपालि दूतावासलाइ कुनै आधिकारिक जानकारी नदिइएकोले दूतावासले शुल्क सहित श्रम स्वीकृति पत्र बितरण गर्ने प्रक्रियालाई निरन्तरता दिइरहेको जानकारि दूतावासले दिएको छ।

निक्कै उत्साह र बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान महासचिव अमृत तामाङले महासंघको पछिल्लो कार्यकालको प्रगती प्रतिवेदन पेश गरेका थिए।

तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचित घोषणा गरेको नयाँ कार्य समितिको नामावली:

अध्यक्ष – अमृत तामाङ
उपाध्यक्ष – बल बहादुर काम्बाङ
उपाध्यक्ष – राजु गुरुङ
उपाध्यक्ष – मधु माया मगर
उपाध्यक्ष – टिकाराम सुनुवार
महासचिव – मन्जित राई
सचिव – दिल कुमार पाख्रीन
कोषाध्यक्ष – मोहन राई
सहकोषाध्यक्ष – राजन श्रेष्ठ
प्रबक्ता – राज कुमार राई
सदस्य – यम गुरुङ
सदस्य – कृष्ण बहादुर तामाङ
सदस्य – सुरेश गुरुङ
सदस्य – प्रकाश राई
सदस्य – पासङ शेर्पा
सदस्य – माया राई
सदस्य – उमा तमुस्यो
सदस्य – डोल्मा तामाङ
सदस्य – शोभा गुरुङ
सदस्य – जय प्रकाश सुनुवार
सदस्य – रोशन राई
सदस्य – मेनुका सुनुवार
सदस्य – उमेश राई
सदस्य – युबराज राई
सदस्य – डेन्डी शेर्पा
सदस्य – सुक गुरुङ
सदस्य – निर्मला राई
सदस्य – सीता गुरुङ
सदस्य – सुरज मास्के
सदस्य – राजु गोले
सदस्य – आङ फुर्ली शेर्पा
सदस्य – रमिता योन्जन
सदस्य – यम गुरुङ
सदस्य – सुक गुरुङ

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments