11.1 C
Kathmandu
Wednesday, December 11, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठआर्थिक अभावका...

आर्थिक अभावका कारण भोजपुरका सुर्य बहादुरको मृगौला प्रत्यारोपणमा समस्या।

राम्रो दृष्टि/ १६ सेप्टेम्बर, कुवेत। भोजपुर-१ टाँडेका सुर्य बहादुर तामाङको दुवै मृगौला फेल भएर लामो समय देखि उपचाररत छन। ३६ बर्षको उमेरमा उनलाइ दुवै मृगौला फेल भएको रिपोर्ट उनको हातमा पर्दा एकपटक निक्कै झस्किए। दुवै मृगौला फेल भएका तामाङ सामन्य परिवारका हुन। उनलाइ भन्ने नै हो भने खाना र लाउन मात्र ठिक्क हुन्छ। चाडपर्व आउँदा समेत ऋण खोजेर मनाउनुपर्ने उनको स्थिति रहेको बेला दुवै मृगौला फेल भयो भन्दा जीवन सकिएको महसुस गरे।

सामाजिक सञ्जालमा धेरै मान्छेहरुलाइ धेरै सहयोग पाइरहेको समाचार र फेसबुकमा उनले धेरै देखेका थिए। त्यसैले एकपटक सहयोग याचाना गरौं भनेर सहयोगको लागि अपिल गरे। गाउँ गाउँबाट धेरै अभियान्ताहरु जोडिएर सहयोग संकलन गरे पनि। तर संकलन भएको सहयोग रकम पारादार्शि ढङ्गले सम्बन्धित ठाउँमा नपुग्दा अझै आधा भन्दा बढी रकम अपुग भएको उनि बताउँछन। सहयोग संकलन गर्न अभियानता बनेर सहयोग संकलन गर्ने अनि काठमाडौं सम्म आएको भाडा, बसेको होटलको खर्च कटाएर पनि संकलन भएको आधा मात्र पैसा ल्याइदिएर बाँकी अलि पछि ल्याइदिने भन्दै सम्पर्कमै न आउँदा उनको मन निक्कै दुखेको उनले बताए।

अहिले उनि बनस्थलीस्थित किड्नी सेन्टरबाट हप्ताको तीन पटक डायलासिस गराउँदै आइरहेका छन। उनलाइ उनकी कान्छी बहिनिले एउटा मृगौला दिने भएको छ। क्रश म्याच गर्दा पनि बहिनिसंग मिलेको छ। तर प्रत्यारोपण गर्न पनि महङ्गो भएकोले डाक्टरले उनलाइ अनुसार १५ लाखको इस्टिमेटेड बजेट तयारी गर्न सुझाव दिएका छन। प्रत्यारोपण पछि पनि हाइ डोजको औषधि सेवन गर्नुपर्ने हुँदा उनको खर्च पारिवारिक स्थितिभन्दा धेरै माथिको भएकोले उनले सहयोगको अपिल गरेका छन।

बारम्बार क्रश म्याछ गराउँदा पनि डाक्टरले सुझाव दिए अनुसार आर्थिक जुटाउन नसक्दा उनको प्रत्यारोपणको अपरेसन दुई बर्ष लम्बिएको छ। अब पनि केही दिनमै क्रशम्याचको लागि डाक्टरले बोलाउने उनले बताएका छन। क्रसम्याचको म्याद १५ दिन हुन्छ। १५ दिनभित्रै उनिहरुले अपरेसन गरेर मृगौला प्रत्यारोपण नगरे पुनः क्रश म्याच गर्नुपर्ने हुन्छ।

पिडित तामाङसंग संकलन भएको ७ लाख मात्र रहेको बताएका छन। त्यसो हुँदा डाक्टरको सल्लाह अनुसार जाँदा उनलाइ अझै ८ लाख जरुरत भएको देखिन्छ। पिडित तामाङले अहिले सम्म सहयोग गर्नुभएको सबै सबैलाई धन्यवाद व्यक्त गर्दै ठूलो सानो नभनी आफ्नो ठाउँबाट जे जति सकिन्छ सहयोग गरि नयाँ जीवन दिनहुन सबैलाइ अनुरोध गरेका छन।
[wpforms id=”6102″ description=”true”]

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments