Home गृहपृष्ठ उपचारको क्रममा एक कैदीको मृत्यु

उपचारको क्रममा एक कैदीको मृत्यु

0
उपचारको क्रममा एक कैदीको मृत्यु


काठमाडौं : झापा कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ।

इलाम माङ्सेबुङ गाउँपालिका घर भई झापा कारागारमा ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको हो। साढे ४ बजे अचानक ढलेका थिए। प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार विश्वकर्माको मेडिकल रिपोर्टमा घाँटीको क्यान्सर लक्षण देखा परेको छ। उनको मृत्युबारे प्रहरीले परिवारलाई खबर गरिदिइसकेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email