Skip to main content

Rd Creation

उपचारको क्रममा खम्बा सिंङको निधन।

राम्रो दृष्टि/ १२ मे, कुवेत। टिविको उपचार गराइरहेका तेह्रथुमका खम्बा सिङ गुरुङको गत सोमबार निधन भएको छ। उनी लगभग दुई हप्तादेखी कुवेतको सुयोख स्थित अल सभा टिवि हस्पिटलमा उपचाररत थिए। लामो समय देखि बिरामी भए पनि अवैधानिक भएको कारण उपचार गराउन नसकेर उनको स्थिती नाजुक भए पछि उनका साथिहरुले NRNA संग सम्पर्क गरि एम्बुलेन्स मार्फत आदान हस्पिटल पुर्याएका थिए। आदानले टिवि रोग प्रमाणित भए पछि अल सभाको टिवि हस्पिटलमा रिफर गरिदिएको थियो।

Advertisements

अल सभाको ICU मा झन्डै दुई हप्ता बढी उपचार पछि उनको निधन भएको हो। वैदेशिक रोजगारिको क्रममा आज भन्दा झन्डै चार बर्ष पहिले NAS कम्पनिमा आएका गुरुङ मेडिकल अनफिट भए पछि कम्पनिले नेपाल फर्क भनेर दिएको पासपोर्ट लिएर नेपाल नफर्की लुकिछिपि बसिरहेका थिए।

यश बिसयमा नेपाली दूतावास कुवेतमा समेत आधिकारिक जानकारी आइसकेको छ। नेपाल सरकारले मे ३० सम्म त्रिभुवन विमानस्थलमा आगमन बन्द गरेको कारण उनको शव पठाउन ढिलाइ हुन सक्ने दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिनुभएको छ। वहाँले कुनै अर्को वैकल्पिक उडानहरु रहेको खन्डमा जति सक्दो चाँडो उनको शव नेपाल पठाउने जानकारी दिनुभएको छ।

Advertisements

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.