24.7 C
Kathmandu
Tuesday, May 13, 2025
spot_img
HomeEnglish Newsएनआरएनएका पदाधिकारीद्वारा संसद्का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेट

एनआरएनएका पदाधिकारीद्वारा संसद्का सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेट


काठमाडौं, ७ बैशाख २०८२
गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रिय पदाधिकारीहरूले संसद्का उच्च पदाधिकारीहरूसँग भेट गरी गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, संघभित्रको विवाद समाधान र लगानी सहजता लगायतका विषयमा ध्यानाकर्षण गराउनुभएको छ ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले संसद्का सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई छुट्टाछुट्टै भेट गरी संघभित्र देखिएको विवाद, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा देखिएको ढिलाइ, गैरआवासीय नेपाली नागरिकता प्रयोगमा आएको अवरोध र लगानीका विषयमा विस्तृत जानकारी गराएको हो ।
प्रतिनिधिमण्डलले संघमा उत्पन्न विवाद समाधान गर्न सर्वोच्च अदालतले दिएको निर्देशनबारे जानकारी गराउँदै परराष्ट्र मन्त्रालयले आदेश कार्यान्वयनमा ढिलाइ गरेमा अदालत नियमावली अनुसार समय थपका लागि निवेदन दिनुपर्ने आवश्यकता औंल्याएको छ । यस्तै संविधानको धारा १४ अन्तर्गत व्यवस्था गरिए अनुसार गैरआवासीय नेपाली नागरिकता प्रदान गरिए तापनि, नागरिकता प्राप्त गरेका व्यक्तिहरूले घरजग्गा खरिद, सवारी चालक अनुमतिपत्र लिन, बैंक खाता खोल्न, भिसा नलिनेजस्ता सामान्य नागरिक अधिकार प्रयोग गर्न नसकेको गुनासो संघले राखेको छ ।
सभामुख र राष्ट्रिय सभा अध्यक्षसँगको भेटमा डा. केसीले एनआरएनएलाई एकताबद्ध बनाउने प्रक्रिया, नागरिकताको प्रभावकारी प्रयोग र गैरआवासीय नेपालीहरूको नेपालमा लगानी प्रवद्र्धनका लागि आवश्यक कानुनी र प्रशासनिक सुधारमा सहयोग गर्न आग्रह गर्नुभयो ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments