25.1 C
Kathmandu
Monday, May 19, 2025
spot_img
HomeNRNA NEWSएनआरएनए-एनसीसी कुवेतद्वारा २०२५-२०२७ कार्यकालको लागि निर्वाचन मिति घोषणा

एनआरएनए-एनसीसी कुवेतद्वारा २०२५-२०२७ कार्यकालको लागि निर्वाचन मिति घोषणा


कुवेत सिटी, मे १, २०२५ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसीसी) कुवेतले आगामी २०२५-२०२७ कार्यकालको लागि जुलाई १८, २०२५ मा निर्वाचन हुने घोषणा गरेको छ। यो घोषणा हालको २०२३-२०२५ कार्यकाल समाप्त हुन केही महिना मात्र बाँकी रहेको अवस्थामा आएको छ।
आज जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, निर्वाचन मिति मार्च १८, २०२५ मा कुवेतको डम्पा चौतारी रेस्टुरेन्ट फर्वानियामा आयोजित एनआरएनए-एनसीसी कुवेतको नियमित मासिक बैठकमा अन्तिम रूप दिइएको थियो ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कुवेतको आगामी कार्यकाल २०२५/२७ को लागि पञ्चिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यताको लागि ०१ मे २०२५ देखि आवेदन खुल्ला गरिएको छ। कुवेतमा कार्यरत सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई सदस्यता आवेदन दर्ता गरी सदस्यता लिनका लागि अनलाईन सिस्टम मार्फत आवेदन दिन आह्वान गरिन्छ।

सदस्यता दर्ता प्रक्रिया
परिषदले आगामी निर्वाचनमा भाग लिन इच्छुक व्यक्तिहरूका लागि सदस्यता दर्ता खुला गरेको छ। दर्ता समय मे १ देखि जुन १५, २०२५ (नेपाली समय अनुसार राति ठिक १२:०० बजेसम्म) खुला रहनेछ। सदस्यता शुल्क १ कुवेती दिनार तोकिएको छ।

- Advertisement -

सदस्यता आवेदनको लागि योग्यता:
1. नेपाली नागरिक हुनुपर्ने
2. कम्तिमा २ वर्षदेखि कुवेतमा कार्यरत हुनुपर्ने (Working Visa / Business Visa)

सदस्यता आवेदन फारम भर्नका लागि आवश्यक कागजातहरु:
1. सिभिल आइडी (Valid Civil ID)
2. पासपोर्ट (Valid Passport) र भिसा (Valid Visa)

सदस्यता आवेदन फारम एनआरएनएको व्यवस्थापन सूचना प्रणाली (एमआईएस) मार्फत अनलाइन मार्फत सदस्यता दर्ता गर्ने प्रक्रिया:

- Advertisement -

मोबाइल एप्लिकेशन मार्फत:
एन्ड्रोएड मोबाइलका लागि: SMART NRNA एप डाउनलोड गर्नुहोस् https://play.google.com/store/apps/details?id=com.respect.nrna&pcampaignid=web_share
आईफोन मोबाइलका लागि: SMART NRNA एप डाउनलोड गर्नुहोस् https://apps.apple.com/kw/app/smart-nrna/id1544254635
वेबसाइट मार्फत: https://members.nrna.org/login मा प्राप्त गर्न सकिनेछ। विज्ञप्तिमा स्पष्ट पारिएको छ कि आवेदकहरूले अनलाइन दर्ता पूरा गरी आवश्यक शुल्क बुझाएर आफ्नो सदस्यता स्वीकृत गराउनु पर्नेछ।

आवेदन भर्ने विधि:

- Advertisement -

1. फारम भर्नको लागि नयाँ खाता *CREATE* गर्नुहोस्। (पुरानो खाता छ भने लगइन गरेर *RENEWAL*अप्सन क्लिक गरी अगाडी बढ्नुहोस्)
2. सबैभन्दा माथि देश – *कुवेत* छान्नुहोस्
3. त्यसपछि नाम, हाल प्रयोग गरिरहनुभएको इमेल ठेगाना र फोन नम्बर भरेर *SIGN IN*गर्नको लागि पासवर्ड राख्नुहोस् र थप आवश्यक जानकारीहरु भर्नुहोस्
4. सिभिल आइडी (CIVIL ID) को अगाडि र पछाडिको कपि अन्यथा पासपोर्टको कपि र भिसा (VALID VISA) को कपी अपलोड गर्नुहोस्
5. सेल्फी भनिएको ठाउँमा क्लिक गरेर आफ्नो सेल्फी खिच्नुहोस् र अर्कोमा हालैको ताजा फोटो अपलोड गर्नुहोस् र रजिस्टर गर्नुहोस्

सम्पर्क जानकारी

सदस्यता स्वीकृति वा थप जानकारीका लागि, इच्छुक व्यक्तिहरूले निम्न एनआरएनए कुवेतका पदाधिकारीहरूलाई सम्पर्क गर्न सक्नेछन्:
#एडमिन 👨‍💼:

1. रण ध्वोज लामा – +965 6772 6405
2. मनिष केसी – +965 510 03611
3. रोशन राई – +965 9787 6107
4. आङ नोर्बु शेर्पा – +965 6505 5828

एनआरएनए-एनसीसी कुवेत कुवेतमा कार्यरत नेपाली प्रवासीहरूको लागि महत्वपूर्ण संस्था हो, जसले समुदायिक सेवाहरू प्रदान गर्दै मातृभूमिसँगको सम्बन्धलाई कायम राख्दछ।

विजय धामी
विजय धामीhttp://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments