10.8 C
Kathmandu
Saturday, March 22, 2025
spot_imgspot_imgspot_imgspot_img
Homeगृहपृष्ठएनआरएनए, एन सी सी को पञ्जिकृत सदस्यको पर्खाइ

एनआरएनए, एन सी सी को पञ्जिकृत सदस्यको पर्खाइ

-सुरज मास्के- विचार

कुनै पनि संगठनमा रहेर काम गर्नु र यसलाइ अघि बढाउनु अत्यन्त चुनोती पूर्ण कार्य हो अझ गैर आवसीय नेपाली संघ जस्तो संगठनलाइ अघिबढाउनु, मध्यपूर्वमा मेरो एनआरएनए भन्ने बनाउनु झनै कठिन कुरा हो । नजिकिएको विश्व सम्मेलनमा एनसीसी कुवैत एवं समस्त मध्यपूर्वका एनसीसीहरुले धेरै योजना ल्याउनुहुनेछ । ठुला ठुला कुरा हुनेछन् त्यसमा पनि यी विषहरु भुल्नै नहुने विषयहुन् ।
भर्खरै मात्र बनेको नया कार्य समितिमा अनेकन अवसर छन् भने अको तिर चुनौति पनि त्यतिकै छ । विगत डेढ महिनको कार्य हेर्ने हो भने सबै संग सहकार्य गरेर जाने चाहना एन सीसी कुवैत ले देखाएको छ । यति हुँदाहुँदै पनि आफ्नो २ वर्षे कार्य योजना के कस्तो हुने हो कुनै पनि पञ्जिकृत सदस्यहरुले समेत थाह पाउन सकेका छैनन् । यस एन सीसी कुवैतले विश्व सम्मेलन लाई लक्षित गरेर सुझाव संकलन गरी एउटा राम्रो सन्देश भने दिएको छ । उक्त सुझावहरुको टिपोट र बुझाउने रिपोर्ट तथा मागहरु कम्तिमा सुझाव कर्ता र पञ्जिकृत सदस्यहरुलाई विश्व सम्मेलन पुर्व नै जानाकारी गराउदा सबै पञ्जिकृत सदस्यहरु तथा सुझावकर्ताहरुमा अपनत्व बढ्ने कुरामा दुइ मत हुन सक्दैन । यसका साथै यस संघले यस पटकको विश्व सम्मेलनमा निम्न कुरामा ध्यान दिन जरुरी देख्छु ।
१. सामुहिक लगानी तथा स्वरोजगारको विशयमा
एनसीसी कुवैतको संयोजनमा नै यस कुवैतमा सम्भवतः पहिलो पटक सामुहिक लगानी र स्वरोजगार शिर्षकमा चेतनामुलक कार्यक्रम भएको थियो र सो कार्यक्रमबाट नै युएइ, ओमान र कुवैतमा कार्यरत युवाहरु मिलेर सुचना प्रविधि सम्बन्धि कम्पनि खोलि अफिस समेत खोलिसकेको छ भलै यसमा एनसीसीका कुनै पनि पदाधिकारीहरु सम्मिलित छैनन् । त्यस्तै वर्तमान अध्यक्ष सम्मिलिन कृषी सम्बन्धि कम्पनि पनि चितवन मा स्थापना भइ सकेको छ । सामुहिक लागनी मुलरुपमा थुपै्र साना लगानीहरुको संगालो हो जसलाई कुनै उचित ठाउँमा लगानी गरिन्छ । यदि यसको प्रवद्धन गरि अझ बढाएर लैजाने हो भनै यसमा ठुलो लगानी संकलन हुनुका साथै भविश्यमा वैदेशिक रोजगारीको अन्तय पछि पनि पक्कै टेवा पुग्नेछ । यस प्रकारको योजना खाडीलाई लक्षीत गरी बनाउन यसपटक कुवैत एनसीसीले दबाब दिन जरुरी छ ।
२. सुरक्षित र मर्यादित वैदेशिक रोजगारी
खाडी तथा मलेशियामा कार्यरत नेपालीहरु दोहोरो श्रम सम्झौता तथा अन्य कारणहरुले असुरक्षित त बन्दै छ नै भने विशेष गरी घरेलु कामदारहरु पुर्णतः असुरक्षित नै छन् । यसका लागि आइ सीसी र सरकारसंग सम्मन्वय गरी सुरक्षित र मयादित बनाउन अहम भुमिका खेल्नु पर्ने हुन्छ । जीवनको आधाकाल विदेशमा विताउदा पनि वैदेशिक रोजगारीमा जानेहरुको लागि न त कुनै सामाजिक सुरक्षाको व्यवस्था छ, न त अन्य कुनै सुविधाको नै । सामाजिक सुरक्षाको नाम दिएर गैर आवसीय नेपाली संघले सुरु गरेको हजारे अभियान तत्काल कार्यन्व्यन गर्न समेत दबाब दिन जरुरी छ। वैदेशिक रोजगारीको अन्त्य गरी नेपाल जान चाहनेहरुको लागि नेपाल पुग्न अगावै रिण स्विकृत गर्न पर्ने व्यवस्था समेत गराउन पहल गर्नु पर्छ ताकी नेपाल गएर योजना बनाउने र बैंक धाउनमा नै समय खेर नजाओस ।
कुवैतको हकमा घरेलुकामदारको डाटा स्वयं संघले समेत राख्न पहल गर्ने र यसको लागि आइसीसी संग सहयोग माग्न सकिन्छ । यसो गर्दा कसले अवैधानिक बनाउछ र किन अवैधानिक बन्नु हुदैन भन्ने कुराको जानाकारी समेत सबैलाई दिलाउन सकिन्छ भने समस्यामा परेकाहरुको छिटो उदार गर्न सकिन्छ र मेरो एनआरएनए भन्ने भावना सवैमा जगाउनेछ । त्यस्तै अवैधानिक कार्यमा संलग्न भै नेपाल र नेपालीकै अविश्वास बढाउने एवं बदनाम गराउने खालका गतिविधि बढीरहेको अवस्थामा विभिन्न सचेतनामुलक कार्य गर्न जरुरी छ । यसका लागि केन्द्रको सहयोग आवश्यक परेको खण्डमा सहयोग लिन सक्ने अवस्था श्रृजना गर्नु पर्ने हुन्छ । बूदागत रुपमा,
क. दुतावासको सहयोगमा सबै घरेलु कामदारको डेटाबेस तयार गर्ने
ख. विभिन्न चेतनामुलक कार्य गर्ने
ग. सामाजिक सुरक्षा को व्यवस्था मिलाउने एवं हजारे अभियानको कार्यन्व्ययन गर्ने
घ. एनआरइ को सेवा–सुविधाको व्यवस्था गराउन पहल गर्ने
ङ. मृतकको शरीर दुतावासले प्रमाणित गरेपछि मात्र पठाउने र सर्वाङ्ग हुनपर्ने व्यवस्था मिलाउने
३. राष्ट्रिय मतदानमा मताधिकारको बारेमा,
सवैको आ–आफ्नै प्रकारका समस्या होलान, मध्यपूर्व एवं मलेशियामा कार्यरतहरुको अर्को आवश्यकता भनेको आफ्नो मताधिकारको प्रयोग गर्न नपाउनु हो । सम्माननीय सर्वाेच्च अदालतले समेत आदेश दिइसेको अवस्थामा अझ सम्म पनि यसबारे खासै प्रगति भएको छैन । निकट भविश्यमै हुन लागेको उपनिर्वाचनमा समेत यो अधिकार गुम्ने निश्चित छ । जसरी दोहोरो नागरिकताको बारेमा आवाज बुलन्द गर्न हामीले सहयोग ग¥यौं , त्यसरी नै मताधिकारको आवाज बुलन्द पार्न सरकार र आइसीसीलाई दबाबमुलक अनुरोध गर्ने ।
४. उम्मेदवारको छनौटः
विश्व सम्मेलनमा उम्मेदवारी दिनेहरु सबै नै राम्रा छन् । तर पनि सहि उम्मेदवारलाई जिताउनु या चुन्नु भनेको फलामाको चिउरा चपाए सरी नै हुनेछ । यति हुँदाहुँदै पनि हामी मध्यपूर्वको सबै एनसीसीहरुको साझा समस्या रहेको छ र हाम्रो समस्या बुझ्ने भनेको मध्यपूर्वकै उम्मेदवारहरु हुन्छन् । कुनै पनि वैचारीक संगठनबाट या गोप्य कोठे बैठक भन्दा पनि पहिला मध्यपूर्वका उम्मेदवारलाई जिताउन सबै एनसीसी संग सम्मनवयकारी भुमिका एनसीसी कुवैतले खेल्नु पर्नेछ । मताधिकार नितान्त व्यक्तिगत अधिकारको कुरा भएता पनि कुन उम्मेदवार किन भन्ने कुराको ज्ञान सबै पार्षदहरुलाई दिन पनि एनसीसीको कर्तव्य हो । यस पटक कुवैतबाट कुनै पनि पदकालागि उम्मेदवारी नपरेका कारण पनि सबै पार्शदहरु मतको लागि अन्य एनसीसी भन्दा स्वतन्त्र पनि छन् ।

- Al Muzaini Exchange Kuwait-

यसका साथै विश्वसम्मेलनमा भएको कृयाकलापहरुको प्रतिवेदन हेर्न सुन्न र बुझ्ने अधिकार सबै पार्षदहरुको रहेको छ , एक पञ्जिकृत सदस्यको हैसियतले यसको प्रतिक्षामा व्लगर स्वयं पनि रहनेछ ।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...

साउदी अरेबियामा अर्को अमेरिकी वार्ता भन्दा पहिले युक्रेनमा घातक रुसी डेन हमला समाचार

रसियाले युकेरेनियन शहर Zaporizhahahia मा ड्रोन आक्रमण सुरु गरेपछि वार्तालापले तीन व्यक्तिलाई मारे।संयुक्त राज्य अमेरिकासँग रविया अरेबिनाबाट तीन वर्ष युद्ध रोक्न लगातार रुक्डामा...

रमजानका लागि उत्तम शरीर रणवर्ती अभ्यासहरू

फिटनेस र विश्वासको लागि सुझावहरू Muscat - रमजानको बखत विश्वास र फिटनेस प्रतिबन्ध लगाइएको छ, मांसपेशीय योजना र उच्च-गहनता प्रशिक्षण उपवासले प्रभावित गर्न सकिन्छ।...
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

सबैभन्दा लोकप्रिय

हालसालैका टिप्पणीहरू