20.1 C
Kathmandu
Monday, September 16, 2024
spot_imgspot_imgspot_img
Homeगृहपृष्ठएन आर एन ए कुवेतद्वारा कुवेतका संघ संस्थाहरुसंग अन्तरक्रिया तथा सम्मान कार्यक्रम...

एन आर एन ए कुवेतद्वारा कुवेतका संघ संस्थाहरुसंग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

आर डि क्रीएशन/ २१ सेप्टेम्बर, कुवेत। एन आर एन ए कुवेतद्वारा कुवेतका सक्रीया संघ संस्था, सन्चार माध्यम तथा वुद्धिजिबी वर्गहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार २० सेप्टेम्बरका दिन ज्लिबस्थित पप्पिन्स हलमा कुवेतका सक्रिय संघ संस्था, सन्चार माध्यम तथा बुद्धिजीवीवर्गहरुसंग एन आर एन ए को नवौँ वुश्व सम्मेलनमा कुवेतले उठाउनु पर्ने कुवेतका नेपाली श्रमिकहरुको समस्या, समाधान र एन आर एन एको भुमिका बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम एन आर एन ए कुवेतका अध्यक्षता तथा आइ सि सि सदस्य अमित राइको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

आगामी महिना अक्टोबर १५-१७ सम्म काठमाडौस्थित रोयल हायत होटलमा हुन गइरहेको एन आर एन एको नवौँ विश्व सम्मेलनमा विश्वभरिका ८० भन्दा बढी देशहरुका एन आर एन ए एन सि सिहरुले भाग लिँदैछन। उक्त सम्मेलनमा कुवेतबाट पनि घरेलु तथा कम्पनिसंग आवद्ध रहेर काम गरिरहेका श्रमिकहरुलाइ के कस्ता समस्याहरु छन? समस्याको समाधान तथा न्यूनीकरण कसरी गर्न सकिन्छ? त्यसमा सरकारले कस्तो भुमिका निर्वाह गर्नुपर्दछ? भन्ने बिसयमा अत्यन्तै गम्भीर रुपमा अन्तरक्रिया तथा छलफल गरि विभिन्न वक्ताहरुले उठाएका उद्दाहरुलाइ एन आर एन ए कुवेतले बुँदागत रुपमा संकलन गरेका थिए। यश बिसयमा दुई दर्जनभन्दा बढी वक्ताहरुले सुझाएका थिए। जसमा जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष गणेश रावत, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा, नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङ, पत्रकार महासंघका उपाध्यक्ष नवराज पन्थी, झापाली समाजका अध्यक्ष लोमस बास्तोला, खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष पन्चु राई, खोटाङ कुवेतकै निवर्तमान अध्यक्ष प्रेम कटुवाल, नेवा गुठी कुवेतमा अध्यक्ष सुरज मास्के, चितवन सेवा समाजका अध्यक्ष नवीन लोप्चन लगाएतले आ आफ्नो सुझाव राखेका थिए।

वक्ताहरुले घरेलु कामदारमा श्रम शोषण, मानसिक याताना, आर्थिक सोषण तथा यौन दुर्व्यवहार जस्ता समस्याहरु समाधानका बाटोहरु खोजिनुपर्ने, नेपाली दूतावासवाटै श्रम गर्न पाउनुपर्ने, कुवेतमा कार्यरत कुनै पनि नेपालीको विविध कारणले मृत्यु हुन्छ भने तिनका शव सरकारकै तर्फबाट नेपालमा तिनका परिवार सम्म पुर्‍याउनुपर्ने, नेपाल-कुवेतबिच श्रम सम्झौता गर्नुपर्ने, नेपाल-कुवेतसिधा उडान हुनुपर्ने जस्ता महत्त्वपूर्ण कुराहरु उठाएका थिए। कतिपय वक्ताहरुले नेपाली दूतावासले अपेक्षा राखे अनुरुप काम गर्न नसकेका कारण नेपाली कामदारहरुले बढी दुख पाइरहेको गुनासाहरु समेत पोखेका थिए।

एन आर एन ए कुवेतका महासचिव दिलकुमार पाख्रीनले सहजीकरण गरेको सो कार्यक्रममा कार्यकाल २०१७-१९ का कार्य समिती र कुवेतबाट संचालित मिडियाहरुलाइ खदा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो। कार्यकाल २०१९-२१ का कार्यसमिती निर्माणमा अहम भुमिका निर्वाह गर्दै सक्षम कार्यसमिती निर्माण गरेको भन्दै निर्वाचन समितिलाइ पनि मायाको चिनो, खदा र प्रमाणपत्रद्वारा सम्मान गरेका थिए।

कार्यक्रमको अन्ततिर आइ सि सि सदस्य अमित राइले नवौँ विश्व सम्मेलनमा एन आर एन ए कुवेतको भुमिका र फाइदाका बारेमा संक्षिप्त जानकारी गराएका थिए। उक्त सम्पन्न सभालाइ सम्बोधन गर्दै एन आर एन ए कुवेतले, उठेका सबै बिसयहरुलाइ बुँदागत रुपमा नेपाल सरकार र एन आर एन ए लाई बुझाउँदै समस्याको समाधान खोज्ने बताएका छन। उनले कुवेतमा नेपाली कामदारहरुले भोगिरहेको समस्याहरुलाइ सदाको लागि समाधान गर्न नेपाली दूतावाससंग सहकार्य गर्दै कठिवद्धता पुर्वक लाग्ने बताएका छन।

विजय धामी
विजय धामीhttps://rdcreationonline.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_imgspot_imgspot_imgspot_img

Most Popular

Recent Comments