Friday, January 16, 2026
spot_img
Homeगृहपृष्ठकर्तव्य ज्यान मुद्दाका दुई जनालाई सफाइ दिएको भन्दै अदालत अगाडी नाराबाजी

कर्तव्य ज्यान मुद्दाका दुई जनालाई सफाइ दिएको भन्दै अदालत अगाडी नाराबाजी

रौतहट ।

कर्तव्य ज्यान मुद्दाका दुई जनालाई सफाई दिएको भन्दै एक सातादेखि जिल्ला अदालत गौर अगाडी नाराबाजी भैरहेको छ ।

२०७६ साल असार ४ गते राति १० बजे यमुनामाई गाउँपालिका वडा नम्वर ४ सरुअठा निबासी ५२ वर्षीय रामविनोद गुप्ताको हत्यामा संलग्न रामविनोद सिंह र रामकिशोर सिंहलाई जिल्ला अदालत गौर, रौतहटको १ नम्वर बेञ्चका न्यायाधीश मनोज केसीले सफाई दिएपछि पीडित परिवार नारावाजीमा उत्रिएका छन् ।

उनीहरुले श्रीमान न्याय दे, घुस्याहा कर्मचारी लाई कारबाही गर जस्ता नारा दैनिक रुपमा लगाउदै अदालत अगाडी धर्नामा बसेका छन् । गुप्ताको किराना पसलमा उधारो सामान नदिएको भन्दै विन्देश्वर सिंह, रामकिशोर सिंह, रोहितकुमार सिंह भन्ने राजा सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, बडाबाबु सिंह, रामविनोद सिंह र निखिलकुमार सिंहले सामुहिक रुपमा मिलेर निर्घात कुटपीट गरेर हत्या गरेको आरोप पीडित परिवारको रहेको छ ।

अदालतका कर्मचारी कन्यैया सिंहले रकमी चलखेल गरेर सफाई दिलाएको आरोप पीडित परिवारका सदस्य एवंम मृतकको भाई राजन गुप्ताले बताएका छन् । कर्तव्य ज्यान मुद्दाको जाहेरी दर्तावाला रहेको मुद्दा नं. ०७९ सि १ को ०१५२ नबालक निखिल सिंह लाई भने कैद सजाय तोकिएको श्रेस्तेदार उद्धब ढोडारीले बताएका छन् ।

मुद्दा नम्बर ०१८२ सवालक विन्देश्वरी सिंह, रामकिशोर सिंह, रोहित कुमार सिंह, रोशन सिंह, अरविन्द कुमार सिंह, वडा बाबु सिंह र रामविनोद सिंह मध्ये दुई जना रामकिशोर सिंह र रामविनोद सिंहलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गर्दा दुबै जना धरौटीबाट रिहा भएका छन भने पाँच जना अझै फरार रहेको मृतकको भाई राजन गुप्ताले बताए।

गएको माघ २० गते भएको पेशीमा मुख्य न्यायाधीश मनोज केसीले रामकिशोर सिंह र रामविनोद सिंहलाई सफाई दिएको र नबालक निखिल सिंहलाई अपराध गरेको कसुर ठहर गरेकोमा पीडित परिबारको आपती रहेको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments